gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गुल्मीका पहिरो अध्ययन गर्न भूगर्भविदको टोली ल्याइने

अनिल खत्री
३० असार,गुल्मी । गुल्मीको पहिरो अध्ययन गर्नका लागि भूगर्भविदको टोली ल्याइने भएको छ । असार १८ गते अबिरल वर्षासँगै गएको पहिरोका कारण जोखिममा रहेकाले क्षेत्रमा बस्न योग्य हुने वा नहुने भन्ने बारेको अध्ययनका लागि भूगर्भविद आउने भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

पहिरोबाट जिल्लाको इश्मा गाउँपालिमा १९४ घरपरिवार र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार बिस्थापित छन् । अबिर वर्षासँगै धेरै स्थानमा पहिरोले दर्जनौं वस्ती जोखिम भएका छन् ।

बस्ती जोमिख भएपछि त्यस स्थानका नागरिकहरु बिद्यालय तथा बिभिन्न स्थानमा बनाइएका पालहरुमा बस्दै आएका छन् । पहिरो प्रभावित क्षेत्रमा बस्ती बस्न योग्य हुने वा नहुने बारेमा अध्ययन गर्नका लागि भूगर्भविद ल्याउनका लागि गृह मन्त्रालयमा पठाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

पहिरोबाट इस्मा गाउँपालिकामा २ जना र मुसिकोट नगरपालिकामा १ जना गरि ३ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । घाइतेहरुलाई नेपाली सेनाका हेलिकप्टर मार्फत े काठमाणडौको त्रिबी शिक्षण अस्पताल र आर्मी अस्पतालमा लगेर उपचार भइरहेको छ ।

जिल्लाको धुर्कोट गाउँपालिकामा केहि दिन अघि गुडिरहेको गाडीमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको थियो । त्यस्तै गत वर्षको साउन ७ गते जिल्लाको सत्यवती गाउँपालिकाको ठुलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाको मृत्यु भएको थियो । भने ठूलो जनधनको क्षती भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D