gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीका पर्शुरामको दुबै मृगौला फेल, आफन्तले दिन्छु भन्दा पनि फेर्ने पैसा भएन

सन्जु काउछा
एउटा अधबैँशे युवा । दु:खजिलो गरेर जेनतेन दैनिकी चलाऊँदै थियो । सानो परिवार सुखी परिवार, बाहिरबाट हेर्दा राम्रै देखिन्थ्यो । बुढाबुढी दुबै जना एकदमै मेहनती । दु:खै गरेर छोरालाई १२ कक्षा सम्म पढाएका थिए । छोरालाई अझै धेरै पढाउने सपना देख्दै थियो त्यो परिवारले । सानो झुपडीमा दु:खजिलो गरेर दैनिकी कटाउने परिवारको उसैको मुख हेरेर सुखी र खुशी जीवन जिउने आशा भर्खर भर्खर पलाउन थालेको थियो । तर घरमा कमाउने एक मात्र बाबुको अचानक दुबै मृगौलाले काम गर्न छोड्छ । कमाउने मान्छे नै थला परेपछी घरमा आम्दानीको स्रोत नै बन्द हुन पुग्छ । छोरालाई धेरै पढाउने कुरा त परै भो औषधी उपचार कसरी गर्ने र बिहान बेलुका के खाने भन्नेले सताउन थालेको छ उनलाई । उनी अर्थात पर्शुराम घर्ती मगर । गुल्मी जिल्ला गुल्मी दरबार गाउँपालिका वार्ड नम्बर १ बलिथुमका घर्तीको परिवारमा अत्यन्तै बियोगान्त अवस्था आईपरेको छ ।

कलिलो उमेरमै घर्तीका दुबै मृगौलाले काम गर्न छोडेका हुन् । घरपरिवारकै सदस्यले एउटा मृगौला दिन्छु भने पनि खर्च अभावमा मृगौला प्रत्यारोपण गर्न नसकेको परिवार बताउँछ । घर्तीले मनकारी सहयोगदाताहरुबाट सहयोग मिले आफुले नयाँ जीवन पाउने आशा राखेका छन् । अस्पातलमा उपचार गराईरहेका घर्तीको त्यही आशामा तपाईं-हाम्रो सानो सानो सहयोग पुग्ने हो उनले अवश्य नयाँ जीवन पाउनेछन् ।

गरे अवश्य हुन्छ, उदाहरण बनेका छन् चन्द्रकोट गाउँपालिकाका मोहन रजाली । चन्द्रकोट गाउँपालिका ८ मजुवा घर भएका मोहन राजालीलाई तपाईं हामीले गरेको सानो-सानो सहयोगले उनको मृगौला प्रत्यारोपण सफल भएर अहिले नयाँ जीवन जिईरहेका छन् । उनी यतीबेला मजुवा बजारमै आफ्नै ब्यवसाय पनि सन्चालन गरिरहेका छन् । यदी मजुवा पुग्ने मौका पाउनुभयो भने उनको झरना होटेल एण्ड रेस्तुरेन्टमा पुग्न नभुल्नुहोला ।

पारिवारिकै सदस्यले मृगौला दिन चहान्छन् घर्तीलाई तर अत्यन्तै कम्जोर आर्थिक स्थितीले गर्दा मृगौला प्रत्यारोपण गर्न लाग्ने खर्च घर्ती परिवारसँग छैन । त्यसैले उनले सम्पूर्ण नेपालीहरुसँग सहयोगको याचना गरेका छन् । तपाईँ हाम्रो सानो सहयोगले घर्तीले नयाँ जीवन पाउन सक्छन्, त्यसैले यदी हजुर पनि घर्तीलाई सहयोग गर्न चहानुहुन्छ भने तल उल्लेखित खाता नम्बरहरु सहयोग रकम डिपोजिट गरेर वा फोन नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ:

संपर्कको लागि: 9828957700
9804498301

मनिकला घर्ती मगर
7107010001468
ग्लोबल आईएमई बैंक
मजुवा शाखा

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D