gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका पन्थले वैवाहिक बर्षगाँठको उपलक्षमा आशा अपाङ्गलाई सहयोग

अनिल खत्री
९ फागुन, गुल्मी । कतिपयले वैवहारिक वर्ष गाठको दिनमा ठूलो पार्टी आयोजना गरेर मनाउने गर्दछन् । तर समाजमा केहि यस्ता पात्राहरु पनि छन् जसले वैवहारिक वर्ष गाठको खर्च सामाजिक कार्यमा खर्चिन्छन् ।

गुल्मीका एक युवा व्यवसायी तथा समाजसेवीले पनि फरक तरिकाले आफनो बिवहा बर्षगाँठ मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ क्याम्पसरोडमा व्यवसाय गर्दै आएका जनक पन्थले पनि आफनो वैवहारिक बर्षगाँठको खर्च कटाए आशा अपाङ्गलाई सहयोग गरेका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रले अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको छ । त्यस केन्द्रमा पन्थले खाद्यन्न सामाग्री सहयोग गरेका हुन् ।

बिवहा वर्ष गाठको फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सानो भएपनि सहयोग गरौ भन्ने उदेश्यले सहयोग गरेको पन्थले बताए । बिवहा वर्ष गाठको फजुल खर्चलाई कटाएर अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरेकोमा संस्थाको तर्फबाट धन्यवाद दिएका थिए ।

जन्म दिनमा पनि सामाग्री क्षेत्रमा सहयोग

पन्थले आफनो जन्म दिन पनि फरक तरिकाले मनाएका थिए । उनले यसवर्ष आफनो जन्म दिनको अबसर पारेर रुरुक्षेत्र गाउँपालिका रिडीमा रहेको मानव कल्याण बृद्धाआश्रममा पुगेर बृद्धाबृद्धहरुलाई सामुहिक भोजन गराएका थिए । बृद्धाआश्रममा रहेका ५० जना बृद्धाहरुलाई सामुहिक रुपमा एकछाक खाना खुवाएका थिए ।

पन्थले रुरु धार्मिक सेवा संचार प्राली रुरु धाम रिडीको समन्वयमा एक छाक भोजन, ताता टोपी, हात धुने साबुन र रुरुक्षेत्र हषीकेशमन्दिर को लागि २ महिनालाइ फ्री ईन्टरनेट सुबिधा प्रदान गरेका थिए । पन्थले अघिल्लो वर्ष गुल्मी सदरमुकाम तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा सहयोग गरेर जन्म दिन मनाएका थिए ।

बिवहा वर्ष गाठ र जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानोभएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उदेश्यले फरक तरिकाले मनाउने गरेको पन्थको भनाई छ । तम्घासमा व्यवसाय गर्दै आएका पन्थ बिभिन्न सामाजिक कार्यमा क्रियाशिल छन् ।

उनि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल गुल्मी शाखाका निवर्तमान अध्यक्ष एवम उद्योग बाणिज्य संघ गुल्मीका सदस्य पदमा रहेर सामाजीक क्षेत्रमा काम गर्दै आएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D