गुल्मीका दुई स्थानीय तहलाई आपतकालीन प्रतिकार्य योजना हस्तान्तरण

रमेश विश्वकर्मा
गुल्मी, फागुन २६ गते । नेपाल रेडक्रस सोसाईटी आपतकालीन स्वास्थ्य कार्यक्रम गुल्मीले जिल्लाका दुईवटा स्थानीय तहलाई आपतकालीन स्वास्थ्य प्रतिकार्य योजना निमार्ण गरी हस्तान्तरण गरेको छ । जिल्लामा रहेका मदाने गाउँपालिका र धुर्कोट गाउँपालिकालाई उक्त आपतकालीन स्वास्थ्य प्रतिकार्य योजना छुट्टाछुट्टै कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाईटी केन्द्रका टिकाराज पौड्याल र दिपक पोखरेलको उपस्थितमा हस्तान्तरण गरिएको हो ।

समूदायका मानिसहरुको स्वास्थ्यमा आउने जोखिमलाई न्यूनिकरण गर्नको लागि उक्त प्रतिकार्य योजना तयार गरिएको परियोजना संयोजक रोशन सिंह ठकुरीले जानकारी दिए । प्रतिकार्य योजना भित्र जिल्लाको पाश्र्वचित्र, गाउँपालिकाको परिचय, शैक्षिक अवस्था, स्वास्थ्य सेवाको अवस्था, विपद् जोखिमहरु, जोखिमको विश्लेषण, तालिम प्राप्त दक्षजनशक्तीको विवरण र गाउँपालिकामा उपलब्ध आपतकालीन औषधीहरुको विषयमा उल्लेख गरिएको छ ।

योजना ग्रहण गर्दै मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसी र धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले नेपाल रेडक्रस सोसाईटीले यस्ता खालका योजना निर्माण गरेको भन्दै खुसी व्यक्त गरे । धुर्कोट गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन अगाडि बढिरहेको बेला आपतकालीन योजना निर्माण गरी जोखिमबाट हुने मानविय स्वास्थ्य, सम्पतिको क्षति न्यूनिकरण एवम् उद्धार गर्न मानविय तथा वित्तीय स्रोत व्यवस्थापन, सञ्चार, समन्वय र कार्यान्वयन संयन्त्रको स्थानीय तहबाटै रणनैतिक योजना तथा क्षमता विकास गर्न प्रतिकार्य योजना सफल हुनेमा अध्यक्ष पोखरेलले विश्वास व्यक्त गरे ।

आपतकालीन स्वास्थ्य प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा जाँदा यसले समूदायलाई जोखिमबाट सर्तक रहने, स्वास्थ्य सम्बन्धी चाँसो राख्ने र प्राकृतिक एवम् मानव निर्मित स्वास्थ्यसंग सम्बन्धीत के–कस्ता विपतीहरु आउन सक्छन, पूर्व तयारीका लागि स्रोत व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने पक्षहरु समावेश गरी उक्त योजना निर्माण गरिएकाले यो स्थानीय तहमा प्रभावकारी हुने मदाने गाउँपालिका अध्यक्ष केसीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ