gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीका दुई मन्त्रीको ८ करोड सार्वजनिक, प्रथामिकतामा खानेपानी र सडक

टोपलाल अर्याल
गुल्मी, ११ मंसिर। गुल्मीका दुई मन्त्री प्रदिप ज्ञवाली र गोकर्ण बिष्टले आठ करोडका योजना सार्वजनिक गरेका छन् । स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत खानेपानी, सडक र शिक्षाका गरि २८ ओटा योजना रहेका छन् । परराष्ट्र मन्त्री तथा गुल्मी क्षेत्र नं १ का सांसद प्रदिप ज्ञवालीले चार करोडका १५ र श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले चार करोडका १३ योजना बनाएका छन् ।

सवा ५ करोडका खानेपानी योजना

दुवै मन्त्रीका स्थानीय पुर्वाधार साझेदारी कार्यक्रममा योजनामा खानेपानीले प्राथमिकता पाएको छ । क्षेत्र नं १ र २ का २८ योजना मध्ये १५ योजना रहेका छन् । त्यो मध्ये गुल्मी क्षेत्र नं १ मा सात खानेपानी योजना रहेका छन् । दौंघा खानेपानी आयोजनाका लागि ५० लाख, हुँगा खानेपानी आयोजनाका लागि ५० लाख तथा बलेटक्सार बजार खानेपानी आयोजनाका लागि ५० लाख लगायत सात ओटा खानेपानी योजनाका लागि दुई करोड ५० लाख बिनियोजन भएको प्रदिप ज्ञवालीका स्वकीय सचिव जंग नेपालीले बताए । त्यस्तै क्षेत्र नं २ मा खानेपानीका आठ योजना सवावेश भएका छन् ।

बर्षौदेखि खानेपानीको अत्यन्तै समस्या रहेको मदाने गाँउपालिका ४ म्यालपोखरीमा तल्लो लुप्सी–म्यालपोखरी लिफ्टिङ्ग खानेपानी योजनाको लागी ५० लाख विनियोजन भएको छ । मुसीकोट नगरपालीका ४ वडागाउँ दजाकोटको लागि भगलाम–दजाकोट खानेपानी योजनाको लागी ६५ लाख बिनियोजन भएको गोकर्ण बिष्टका स्वकीय सचिव गणेश श्रीपालीले बताए । त्यस्तै धुर्काेट गाँउपालिका ६ लुङ्गखर्ककोट लिफ्टिङ्ग खानेपानी योजनाको लागी ५० लाख, रेसुङ्गा नगरपालिका ६ मुलाबारी–अत्रकाडा–चेक्मी–थाम खोपानी योजनाको लागी ४५ लाख लगायत खानेपानीकै लागि दुई करोड ६५ लाख बिनियोजन भएको श्रीपालीले बताए ।

सडक निर्माणमा दुई करोड ३१ लाख

स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत नौ वटा योजना समावेश भएका छन् । क्षेत्र नं १ मा सडकका पाँच योजना रहेका छन् । जसका लागि एक करोड आठ लाख बिनियोजन भएको छ । ठूलाचौर–लामडाँडा–राजा हरियाली सडकका लागि ३० लाख रुपैयाँ, गिदुवा–तुथुम सडकका लागि ४० लाख रुपैयाँ, त्यस्तै चम्सेरा–सत्यवती मोटरबाटोका लागि १० लाख, खलुका रुख–शान्तिपुर लोकमार्गका लागि १० लाख र बरल्बा लुङ–बरेल राजमार्गका लागि १८ लाख रुपैयाँ बिनियोजन भएको नेकपाका नेता बालसिंह काउछाले बताए । त्यस्तै क्षेत्र नं २ मा एक करोड २३ लाखका चार सडक समावेश भएका छन् । इस्मा गाँउपालिका ४ दोहलीको ढोकामुख–खुङ्ग–कोटकोटेरी मोटरबाटो योजनाको लागी ४८ लाख, मालिका गााँउपालिका १, २ र ३ लाई समेटने गरी दर्लिङ्ग–ह्वाङ्गदि–गँगरे मोटरबाटो निर्माणका लागि ४५ लाख, मालिका गाँउपालिका ८ मरभुङ्ग मैदान–किलिवाङ्ग–तिरतिरे मोटरबाटो योजनाको लागी १५ लाख बिनियोजन भएको नेकपाका नेता बुद्धि जिसीले बताए । इस्मा गाँउपालिका ६ अम्मरपुरको हुलाके–कुखुरेखोला– चोरकाटे–अर्जै मोटरबाटोको लागी १५ लाख बिनियोजन भएको जिसीले बताए ।

तीन बिद्यालयलाई ५० लाख बजेट

स्थानीय पुर्वाधार साझेदारी कार्यक्रम अन्तरगत तीन बिद्यालयलाई ५० लाख रुपैयाँ बिनियोजन भएको छ । बिद्यालयको भौतिक संरचना तथा अन्य व्यावस्थापनको लागि क्षेत्र नं १ का बम्घा माविका लागि १५ लाख, दुर्गा भवन माविका लागि २५ लाख बिनियोजन भएको छ । त्यस्तै क्षेत्र नं २ को अर्जे माविका लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको छ । पुर्वाधार विकासमा अहिले पहिलो प्राथमिकतामा खानेपानी परेकाले स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रम अन्तरगत खानेपानीका योजना धेरै रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले बताए । साथै उनले सडक सञ्जाल धेरै ठाउँमा पुगेकाले त्यसको स्तरबृद्धि, बिजुलीका पोल पुगेको ठाउँमा लाइन बिस्तार र काठका पोलमा बक्ति बलेको ठाउँमा स्टिल पोल बिस्तार गरिने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D