gulminews logo
शुक्रबार, २०८१ बैशाख २१

गुल्मीका दुई क्षेत्रमा ४ केन्द्रीय नेताको उम्मेदवारी

गुल्मी, २३ असोज । ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लामा केन्द्रीय नेताहरुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चार केन्द्रीय नेताहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा एमालेका केन्द्रीय उपमहासचिव पूर्वमन्त्री प्रदिपकुमार ज्ञवाली र नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी बीच प्रतिपस्पर्धा हुने भएको छ ।

क्षेत्र नम्बर– २ मा नेकपा एमालेका केन्द्रीय सचिव पूर्वमन्त्री गोकर्णराज विष्ट र नेकपा एकीकृत समाजवादीकी सचिव पूर्वमन्त्री रामकुमारी झाँक्री बीच प्रतिपस्पर्धा हुने भएको हो ।

गुल्मी जिल्लाको क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट प्रतिनिधि सभाको लागि प्रदीप ज्ञवालीले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभाका लागि एमालेबाट क्षेत्रनम्बर–१ (क) बाट चिन्तामणि पाण्डे र प्रदेश सभा (ख) बाट फर्सुराम पाण्डेले मनोनय दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्रनम्बर–१ मा नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् । उनी सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । प्रदेश सभाका लागि क्षेत्रनम्बर–१ (क) बाट माओवादी केन्द्रका सुदर्शन बराल र प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका धनेन्द्र कार्कीले मनोनय दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट गोकर्णराज बिष्टले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभाका लागि क्षेत्रनम्बर–२ (क) डिल्लीराज भुसाल र प्रदेश सभा (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै क्षेत्रनम्बर–२ मा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएकी छन् । उनी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवार हुन् । प्रदेश सभाका लागि क्षेत्रनम्बर–२ (क) बाट नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र प्रदेश सभा (ख) बाट बुद्धि जिसीले मनोनयन दर्ता गराएका हुन् ।

जिल्लामा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा एमालेले ३५७०१, कांग्रेसले ३१२९४, माओवादीले ४९७०, राजमोले १६००, एसले ४९७ मत पाएका थिए । क्षेत्र नम्बर–२ मा एमालेले ३१२५३, कांग्रेसले २९८२१, माओवादीले १८४१, एसले ६५८, राप्रपा १०१ मत पाएका थिए ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहहरुमध्ये ५ वटा र माओवादीले ४ वटा र एमालेले ३ वटा स्थानीय तहमा प्रमुख जितेको छ । ०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका २ वटै क्षेत्रमा एमाले माओवादी गठबन्धनबाट जितेका थिए ।

जिल्लामा मुख्य ठूला तीन दल बाहेक अन्य साना दलहरु र केही स्वातन्त्र व्यक्तिले पनि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । गुल्मी १ बाट उम्मेदवार बनेका पूर्वमन्त्री एमालेका प्रदीप ज्ञवाली ०५६, ०६४, ०७४ सालमा सम्पन्न निर्वाचनमा गुल्मी १ बाट सांसद बनेका थिए ।

त्यस्तै नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी ०७० सालमा सम्पन्न निर्वाचनमा गुल्मी १ बाट सांसद बनेका थिए । उनले ०६४ र ०७४ सालमा प्रदीप ज्ञवालीसँग प्रतिस्पर्धा गर्दै आएका छन् ।

त्यस्तै गुल्मी २ बाट उम्मेदवार बनेका पूर्वमन्त्री एमालेका गोकर्णराज बिष्ट ०५६, ०७०, ०७४ सालमा सम्पन्न निर्वाचनमा गुल्मी २ बाट सांसद बनेका थिए ।

त्यस्तै सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी पूर्वमन्त्री एकीकृत समाजवादीकी रामकुमारी झाँक्री ०७४ सालमा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । उनले गुल्मीबाट पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् । -अन्लाईन खबर डट कमबाट

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D