gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गुल्मीका थप २ जना कोरोना संक्रमित, दुबै जना भारतबाट आएका थिए

तिलाचन पाण्डे
गुल्मी, जेठ ३१ । गुल्मीमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुबै जना भारतबाट आएको खुलेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका वडा नं ५ का २८ र ३५ बर्षका पूरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको रुरुक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक छत्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार उनीहरु जेठ ९ गते भारतको मुम्बइबाट आएको र उनीहरुलाई सिधै रुरुक्षेत्र गाउँपालिका वडा नं ५ मा निर्माण गरिएको सभाहलको क्वारेन्टाइनमा राखिएको थियो । जेठ २२ गते क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएपश्चात उनीहरुको आरडिटी पोजेटिभ देखिएकाले २३ गते नै उनीहरुको स्वाब संकलन गरि परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशला भैरहवामा पठाएको र शनिबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुसंगै आएका अन्य २ जनाको २२ गते नै आरडिटी नेगेटिभ आएकाले होम क्वारेन्टाइनमा बस्न लगाइएको थियो । उनीहरुको कन्ट्रयाक ट्रेसिङको कार्य जारी रहेको अधिकारीले बताउनुभयो । शनिबार कोरोना संक्रमण पुष्टि भएका २ जनालाई रुरुक्षेत्र गाउँपालिकाको आइसोलेसनमा राखेर उपचार गरिने भएको छ । आजै उनीहरुलाई सभाहलको क्वारेन्टाइनबाट आइसोलेसनमा लगिने र त्यही राखेर उपचार गरिने स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुमा त्यस्तो कुनै कोरोनाका लक्षणहरु नदेखिएको र उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँको भनाई छ । आज थप भएका २ जना संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ भने २ जना उपचार पछि निको भएर घर फकिएका छन् । २ जनाको रेसुंगा नगरपालिकामा रहेको आइसोलेसनमा राखेर उपचार गरिएको छ भने एक जना धुर्कोट गाउँपालिकाका ३६ बर्षिय पूरुषको अबस्था गम्भीर रहेको छ ।

उनी कसैलाई चिन्न सक्ने अबस्थामा पनि छैनन भने उनको रेसुंगा नगरपालिकाको आइसोलेसनको भुँइमा राखेर उपचार गरिएको स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो । कोरोनाका कारण जिल्लाको मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ बर्षका शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D