gulminews logo
बुधबार, २०८१ बैशाख २६

गुल्मीका तीन स्थानीय तहले शुक्रवार सार्वजनिक बिदा दिने

अनिल खत्री
१७ कात्तिक, गुल्मी । गुल्मी जिल्लाका तीन स्थानीय तहले हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाका रेसुङ्गा नगरपालिका र गुल्मीदरवार र इस्मा गाउँपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने भएका छन् ।

तीन स्थानीय तहले छुट्टा–छुट्टै सूचना जारी गर्दै कात्तिक १८ गते परेको हरिबोधनी एकादशीको अबरसमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । कार्यपालिकाको बैठकको निर्णय अनुसार नगर क्षेत्रका संस्था, कार्यालयहरु, माताहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षण संस्था, स्वास्थ्य र अन्य सार्बजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्् ।

एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले पनि स्थानीय तहले सार्वजनिक बिदा दिदै आएका छन् । एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।

अहिले रेसुङ्गा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बद्र्धन र प्रचार–प्रसारको काम भइरहेको छ । रेसुङ्गामा दैनीक पूजा हुनुका साथै साउन भर एक महिना मेला र औंसी, ठूला एकादशी लगायतका पर्वहरुमा ठूलो मेला लाग्ने गर्दछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D