गुल्मीका ग्रामिण इलाकामा एम्वुलेन्स सेवा सञ्चालन हुने

कौरव खत्री
गुल्मी, १२ साउन । गुल्मीकोे पौदी अमराई, नेटा, दर्लिङ्ग, ह्वाङ्गदी तथा बाग्लुङ्गको ग्वालिचौर लगायतका क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्नका लागि निस्ति– बडिगाढ सामुदायिक बिकास केन्द्रले आफ्नो एम्वुलेन्स सेवाको काम अन्तिम चरणमा पुगेको जानकारि दिएको छ ।

आगामी दशै अघि एम्बुलेन्स सेवा प्रारम्भ गर्ने लक्ष्य सहित काम अगाडि बढेरहेको संस्थाका अध्यक्ष मोहन घिमिरेले जानकारी दिएका हुन । साथै सहयोगदातालाई सम्मानगर्ने उद्देश्यका साथ एम्बुलेन्स स्मारिका प्रकाशनगर्न लागिएको अध्यक्ष घिमिरेले बताए।

गत वर्षकोे भदौ देखि थालिएको एम्बुलेन्स सहयोग अभियानमा हालसम्म करीव १८ लाख सहयोगको बचनबद्धता प्राप्त भएको र करिव ८ लाख रुपैया संस्थाको खातामा जम्मा भइसकेको छ । संस्थाले सबै सहयोगदाता र एम्बुलेन्स अभियन्ताहरुलाई अविलम्ब सहयोग रकम जम्मा गरिदिन संस्थाले आग्रह गरेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ