gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका गुरुङ्ग समुदायले पहिलो पटक गर्ने भए होमस्टे महोत्सव

कौरब खत्री
गुल्मी । गुल्मीमा पहिलो पटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । मुसिकोट नगरपालिका वडा नं. ६ स्वाँरामा रहेको गुरुङ्ग समुदायहरुले यहि पौष १०–१३ सम्म स्वाँरा होमस्टेको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुल बहादुर गुरुङ्गले जानकारी दिए ।

महोत्सवमा गुरुङ्ग समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत साँस्कृतिक झलकहरुको साथमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुती तथा खेलकुद लगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने युवा समाजसेवी गुरुङ्गले जानकारी दिए ।
swara kurgha gulmi
२०६८ सालदेखि सञ्चालन गरिएको स्वाँरा होमस्टे सञ्चालन गरिएता पनि होमस्टेको उचित प्रचार प्रसार नहुदा र यातायातको भरपर्दो व्यवस्था नहुदा समेत स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरु आउनेको संख्या कम हुदै गएपछि गुरुङ्ग समुदायहरुद्धारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई ओझेलमा पर्न नदिन अझ यसको व्यापक प्रचार प्रसार गर्न समेत महोत्सव आयोजना गरिएको समितिले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D