गुल्मीका गाउँपालिका केन्द्र विवाद: केही समाधान, केही तहमा विवाद चर्कँदै

हुमाकान्त पोखरेल
१६ पुस । गुल्मीका रुरु गाउँपालिकाको केन्द्र ध्युबेसी हुने भएको छ । आइतबार गाउँकार्यपालिकाको बैठकले ध्युबेँसीलाई नै केन्द्र राख्ने निर्णय गरेको हो । लामो समयदेखि विवाद रहेको गाउँपालिकाको केन्द्र राख्ने विषयले उग्र रुप लिएको थियो । २ दिनदेखि चलेको आन्दोलनपछि गाउँपालिकाले केन्द्र घिउबेँसी राख्ने निर्णय गरेको श्रृङ्गेश्वर बहुमुखि क्याम्पसका स्ववियु सभापति किसान पाण्डले जानकारी दिए ।

त्यस्तै केहि दिनयता विवादमा तानिएको मालिका गाउँपालिकाको केन्द्रमा पनि सहमति भएको छ । अहिले विवाद समाधान भई ठूलिचौर र सैरिपोखरीको बिचमा राख्ने निर्णय गरिएको छ । त्यस्तै गाउँपालिकाको केन्द्र सार्ने विषयमा गुल्मीको इश्मामा विवाद बढ्न थालेको छ ।

गाउँपालिकाको कार्यालय सार्ने विषयमा आइतबार पनि वार्ड नम्बर २, ५ र ६ का वडाध्यक्ष लगायतका जनप्रतिनिधिले हस्ताक्षर नै गरेर गाउँपालिकाको केन्द्र चाप्टारी बनाउन माग गर्दै निवेदन दिएका छन् । स्थानिय सरकार संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७४, परिच्छेद २ को दफा ४ को उपदफा ५ बमोजिम गाउँपालिकाको केन्द्र तोक्नका लागि अबिलम्ब गाउँसभाको आयोजना गर्न अनुरोध गरिएको छ । वडा नम्बर २ का वडाध्यक्ष टिका बहादुर रेश्मी, ५ का वडाध्यक्ष कलानिधि भण्डारी, ६ का वडाध्यक्ष हिरा बहादुर जि.सी. सहितका ११ जना जनप्रतिनिधिहरुले निवेदनमा हस्ताक्षर गरेका छन् ।

यससम्बन्धमा गाउँपालिका प्रमुख लक्षमण विष्टले गाउँपालिकाको केन्द्र विवाद गाउँसभाले तोक्ने बताए । पुस २० गते गाउँ बैठक बोलाएको र २२ गते गाउँसभा बोलाएको गाउँप्रमुख विष्टले बताए । आफूले गाउँपालिकाको केन्द्रसम्बन्धि कुनै सार्वजनिक अभिब्यक्ति नदिएको भन्दै गाउँप्रमुख विष्टले गाउँसभाको निर्णय सर्वमान्य हुने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ