gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी स्थापना

हुमाकान्त पोखरेल
गुल्मी, २० कात्तिक । गुल्मीका गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी भवन स्थापना हुने लहर चलेको छ । नागरिकको आधारभुत स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँगाउँमा स्वास्थ्य चौकी भवन स्थापना गरिएको हो । पछिल्लो समयमा निर्माण भएका नयाँ स्वास्थ्य चौकी भवनमा अपाङ्गमैत्री शौचालय, सभाहल लगायतका विभिन्न प्रकारका रोगहरुको निदान लगायतका सेवा–सुविधा रहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले तीन दिनमा चार स्वास्थ्य चौकी उद्घाटन गर्नुभएको गरे । चारदिने भ्रमणको लागि गृहजिल्ला गुल्मी आएका मन्त्री विष्टले आफ्नो निर्वाचन क्षेत्र प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा चार स्वास्थ्य चौकी उद्घाटन गरेका हुन ।

धुर्कोट, इस्मा र मालिकामा नयाँ स्वास्थ्य चौकी

धुर्कोट गाउँपालिका वडा नम्बर ५ वस्तु र इस्मा गाउँपालिकाको वडा नम्बर १ हस्तिचौरम नयाँ स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । भवनको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले सरकारले जनताको आधारभुत स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँगाउँमा नयाँ स्वास्थ्य चौकी स्थापना गरिएको बताए । त्यसका साथै उनले स्वास्थ्य चौकीमा कर्मचारी अभाव हुन नदिने पनि उद्घोष गरे ।

वस्तु स्वास्थ्य चौकी सुनिल समिर निर्माण सेवा कम्पनीले २०७३ असौज १४ गते सम्झौता गरी ०७५ फागुन १० गते निर्माण सम्पन्न ग¥र्यो । दुई तला रहेको स्वास्थ्य चौकी भवनको कुल लागत एक करोड ७१ लाख ७३ हजार ८९ रुपैँया ७२ पैसा रहेको व्यवस्थापन समिति अध्यक्ष नरहरी भण्डारीले जानकारी दिए । भवन उद्घाटन हुँदाकै दिन स्थानीय खिमकला पाण्डेले स्वर्गिय श्रीमान शोभाखर पाण्डेको स्मृतिमा एक लाख ३० हजार बराबरको अक्सिजन मेसिन समेत प्रदान गरे । भने स्थानीय तीन जना मिलेर जग्गा प्रदान गरेका थिए । हस्तिचौर स्वास्थ्य चौकी भवन २०७३ माघ २५ गते निर्माण कार्य सुरु भई ०७६ असार मसान्तमा निर्माण सम्पन्न भयो ।

दुई करोड ४० लाखको लागतमा दुईतले हलसहितको भवन निर्माण भएको निर्माण व्यवसायी हरी श्रेष्ठले जानकारी दिए । उक्त स्वास्थ्य चौकीबाट इस्मा गाउँपालिकाका वडा नम्बर १, १, ३, ४ लगायतका वडाका नागरिकहरुले सेवा पाउने वडाध्यक्ष चुरा खत्रीले बताए ।

अर्जे र छापहिले स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटन गरिएको छ । अर्जे स्वास्थ्यचौकी भवन ०७२ साल असारमा सम्झौता भएर ०७५ साउनमा सम्पन्न भएको हो । स्वास्थ्यचौकीको भवन दुई करोड ३२ लाख २५ हजार दुई सय २५ रुपैयाँको लागतमा सुनिल समीर निर्माण सेवाले निर्माण गरेको थियो । हल र अपाङ्ग मैत्री शौचालयसहितको २४ कोठाको स्वास्थ्यचौकी भवन निर्माण गरिएको निर्माण व्यावसायी नारायण पोख्रेलले जानकारी दिए ।

छापहिले स्वास्थ्यचौकी ०७४ असोजमा सम्झौता गरि ०७५ चैतमा निर्माण सम्पन्न भएको थियो । भवन बासुरी जोग्मा जेभीले एक करोड ६६ लाख छ हजार नौ सय दुई रुपैयाँको लागतमा निर्माण गरेको स्वास्थ्यर्चाकी इन्चार्ज देब बहादुर महतरा जानकारी दिए । शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देही मार्फत अर्जे र छापहिलेका स्वास्थ्यचौकी भवन निर्माण गरिएको मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिए ।

गाउँमै ल्याव सेवा

आइतबारबाटै अर्जे स्वास्थ्यचौकीले ल्याब सेवा संचालन गरेको छ । ल्याबबाट रगत, पिसाब, दिसा, र खकार परिक्षण गरिने ल्याब असिस्टेण्ट अन्जु थापाले जानकारी दिइन् । सामान्य रगत जाँचकै लागी पनि पहिले सदरमुकाम जानु पर्ने बाध्यता स्थानीयलाई थियो । अहिले गाउँमै ल्याब सेवा संचालन भएपछि खुशी लागेको अर्जेकी दुर्पदा अर्यालले बताइन् । अब टाइफाइड, जन्डिस, आउँ मासी, ब्लड सुगर, कलेजो र किड्नी र पिसाबको खराबी परिक्षण स्वास्थ्यचौकीमै हुने भएकाले जनताको पैसा पनि जोगिएको स्वास्थ्यचौकी इन्चार्ज खिमराज पोख्रेलले प्रतिक्रिया दिए । त्यसका साथै उनले सदरमुकामकै मुल्यमा ल्याब सेवा प्रदान गरिने जानकारी दिए ।

अर्जै र अर्खबाङ्ग जिरो होम डेलिभरी घोषणा

गुल्मीको अर्जे र अर्खबाङ्ग जिल्लामै पहिलो पटक पुर्ण सस्थागत प्रसुती (जिरो होम डेलिभरी) गाउँ घोषणा भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले मालिका गाउँपालिका ४ अर्खबाङ्ग र वडा नं ६ अर्जेलाई जिरो होम डेलिभरी वडा घोषणा गरे । मालिका गाउँपालिका वडा न ४ र ६ का गर्भवतीहरु घरमा सुत्केरी हुन छाडेपछि घोषणा गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बिष्टले नागरिकलाई स्वास्थ्य र शिक्षाको अवसर गाउँमै पु¥याउन सरकार योजनाबद्ध रुपमा लागेको बताए । उनले जनताको समृद्धिको सपना पुरा गर्न तीनै तहका सरकार लागेकाले कुनै सवै आशा र अपेक्षा पुरा हुँदै जाने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D