गुल्मीका कोरोना संक्रमित पुरुषको रुपन्देहीमा मृत्यु

गुल्मी, कार्तिक २९ । गुल्मीका कोरोना संक्रमित एक पुरुषको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको छ ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नं १० स्थायी घर भइ हाल वडा नं १ मा बसोवास गर्ने ६८ बर्षिय पुरुषको रुपन्देहीको कोरोना बिशेष अस्पतालमा उपचारको क्रममा बिहीवार राती मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । मृतकमा कात्तिक २० गते संक्रमण पुष्टि भएको र उनी मधुमेहका बिरामी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

गुल्मीमा ७८८ जना संक्रमितहरु मध्ये सात सय जना निको भएको र ७९ जनाको होम आइसोलेशनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यो संगै गुल्मीमा संक्रमणका कारण १० जनाको ज्यान गएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D