गुल्मीका काङ्ग्रेस नेताहरु गाउँका गरिब दलितको घर जाने, सँगै खाने सँगै बस्ने

हुमाकान्त पोखरेल
२८, फागुन, गुल्मी । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति गुल्मीका पदाधिकारीहरु एक हप्तासम्म गाउँका गरिब, दलितका घरमा बस्ने भएका छन् । काङ्ग्रेस गुल्मीको २७ गते आइतबार बिपि स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । हालसम्म पार्टीले गरेका अधिकाशं कामहरु नेतामुखि भएकोले अव पार्टीले जनतामुखि काम गर्न गाउँका गरिब, दलितको घर बस्ने निर्णय गरेको हो । जिल्ला सदस्य एकजना एक वडाको गरिबको घरमा बस्ने र उनीहरुसँगै खाने, बस्ने र काम गर्ने निर्णय गरेको प्रवक्ता विष्णु सापकोटाले बताइन् ।

त्यसरी गाउँकै जनतासँग बस्दा र उनीहरुसँगै काम गर्दा जनताका समस्या र आवश्यकताको बारेमा जानकारी लिने बताइएको छ । त्यसरी स्थानिय समस्या टिपोट गरिसकेपछि स्थानिय सरकारसँग जनताका माग पुरा गर्न डेलिकेशन गई जनताको बाँच्न पाउने अधिकारलाई थप सुरक्षित गर्ने लक्ष्य लिइएको काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले बताए । त्यसरी गरिब–दलितको घरमा बस्दा आफूहरुले कुनै राजनीतिक परिचय नदिने, स्थानिय पार्टीका कार्यक्रताले त्यसको सहजिकरण गर्ने र बास बस्ने घरमा कुनै पाहुना नभई परिवारको सदस्यको रुपमा बस्ने निर्णय गरेको छ । त्यसका साथै काङ्ग्रेसले संगठन सुदृढिकरणका लागि ‘काङ्ग्रेस गुल्मीको आह्वान, गाउँमै जाँउ, गाउँमै रमाऔँ ५० दिने महाअभियान’ नामको अभियान लिएर गाउँगाउँ जाने पनि निर्णय गरेको छ ।

तर अभियान सुरु हुने मिति भने अर्को बैठक बसि कार्यविधि बनाएर मात्र टुङ्गाइने काङ्ग्रेस गुल्मीले जनाएको छ । बैठकले दुई बर्षपछि पार्टीका विभागलाई पनि पूर्णता दिन २६ वटा विभाग गठन गरेको छ । त्यस्तै श्रीप्रसाद भलामी र चन्द्र बहादुर महतलाई पार्टी सभापति श्रेष्ठले जिल्ला सदस्यमा मनोनित गरेका छन् । त्यसैगरि १५ सदस्यिय कार्यसम्पादन समिति र सल्लाहकार समितिको पनि गठन गरेको पार्टी सचिव खिलज्धज पन्थीले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ