gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका करिव ३ हजार बिद्यार्थीलाई झोला सहित शैक्षिक र स्वास्थ्य सामाग्री बितरण

टोपलाल अर्याल
गुल्मी, १५ साउन । चाइना फाउण्डेशनको सहयोगमा राष्ट्रिय अपाङ पुर्नस्थापना समाज काठमाण्डौले गुल्मीका १९ बिद्यालयका बिद्यार्थीहरुलाई झोलासहितको सामग्री वितरण गरेको छ । चाइना फाउण्डेशनले इस्माको कोभिड अस्पताललाई ३ लाख बराबरको २ थान अक्सिजन कन्सन्टेटरसहित पालुखा मावी, ठाढुङा मावि र सुन्तला देवि निमाबीका बिद्यार्थीलाई झोला प्रदान गरेको छ । शुक्रबार राष्ट्रिय अपाङ पुर्नस्थापना समाज र गुल्मेली सहयोगी हातको टोलीले गुल्मी दरवार गाउँपालिकाको राजा रुन्खादह मावि र धुर्कोट गाउँपालिकाको भगवति माविका बिद्यार्थीलाई झोला प्रदान गरेको राष्ट्रिय अपाङ पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले जानकारी दिए ।

त्यस्तै मदाने गाउँपालिकाको म्यालपोखरी मावी, शारदा मावी, रियाले मावी, नुमना प्रावी, खन्यूखर्क प्रावी, हर्रे प्रावी, शिवालय प्रावी, तिनधारे प्रावी र सिर्सनी निमावीका बिद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । यसैबिच मदाने गाउँपालिकाकै सिदार्थ निमावी, सिद्धपोखरी प्रावी, सुर्योदय मावी, देउराली प्रावी र कमेर पोखरी मावीका बिद्यार्थीहरुलाई झोला वितरण गरिएको ढकालले बताए । १९ बिद्यालयका करिव ३ हजार बिद्यार्थीहरुको लागि एक करोड १७ लाख बराबर झोला प्रदान गरिएको राष्ट्रिय अपाङ पुर्नस्थापना समाजले जनाएको छ । प्रति बिद्यार्थी टिफिन, बोत्तल, कलर, स्वास्थ्य सामग्रीसहित करिव ४ हजारको झोला प्रदान गरिएको गुुल्मेली सहयोगी हातका कोषाध्यक्ष रमेश काउछाले जानकारी दिए । झोला सहितको सामग्रीका लागि पुर्व मन्त्री गोकर्ण बिष्टले केन्द्रिय स्तरमा पहल गरेका थिए ।

कक्षा ८ सम्मका सवै बिद्यार्थीहरुका लागि झोला प्रदान गरिएको हो । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई झोला वितरण गर्ने र पहल तथा समन्वय गर्ने सवैलाई आभार प्रकट गरे । उनले स्थानीय तहहरुले पनि बिद्यालयको पुर्वाधार विकाससंगै शिक्षामा गुणस्तर कामय गर्न विभिन्न कामहरु गरिरहेको बताउँदै गैर–सरकारी संस्थाहरुको सहयोगले अझै उर्जा प्राप्त भएको बताए । राष्ट्रिय अपाङ पुर्नस्थापना समाजका प्रतिनिधी कृष्ण प्रसाद ढकालले सरकारी बिद्यालमा बिद्यार्थीहरुको आकर्षण बढाउन पुर्व मन्त्री गोकर्ण बिष्टको केन्द्रिय स्तरको पहलमा थुप्रै गुल्मेली बिद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

त्यस्तै गुल्मेली सहयोगी हातका सचिव बिमल घिमिरेले झोला वितरणपछि कोभिडले लामो समय बिद्यालय बन्द बिक्षिप्त बनेका बिद्यार्थीहरुका उर्जा पलाएको बताए । उनले जिल्लाको बिपद्मा मात्रै नभएर सहयोगी हातहरुले शिक्षाको क्षेत्रमा पनि समन्वय गर्न पाएकोमा खुसी व्यक्त गरे । झोला वितरणको समन्वय गर्न सहयोगी हातका अध्यक्ष लिला खरेल, सचिव बिमल घिमिरे, कोषाध्यक्ष रमेश काउछा, सदस्य शुशिल कुमार भट्टराईसहितको टोली गुल्मी आएको थियो । टोलीले जिल्लामा आफुहरुको गरेको सहयोगको सदुपयोगका बिषयमा सरोकारवालासंग छलफल तथा अन्तरक्रिया र अवलोकन गरेको गुल्मेली सहयोगी हातका सदस्य शुशिल कुमार भट्टराईले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D