gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीका एक घरबेटीले १ महिनाको भाडा छुट

अनिल खत्री
११ असार, गुल्मी । गुल्मीका एक घरबेटीले १ महिना बराबरको भाडा छुट दिएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१ निवासी मानबहादुर श्रेष्ठले भाडामा बस्दै आएकाहरुलाई १ महिना बराबरको छुट दिएको श्रेष्ठको घरमा व्यवसाय गर्दै आएका जनक पन्थले बताए ।

श्रेष्ठको घरहरुमा बसेर बिभिन्न व्यवसाय तथा भाडामा बस्नेहरु ११ जनालाई १ महिना बराबरको रु १ लाख ५ सय भाडा छुट दिएका हुन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमणको सर्तकता अपनाउन चलेको लक डाउनमा कुनैपनि व्यापार व्यवसाय नभएकाले उनिहरुको राहतको लागि १ महिनाको भाडा छुट दिएको घरबेटी मानबहादुर श्रेष्ठले बताए ।

जिल्लामा भाडा छुट दिने मध्येका श्रेष्ठ पहिलो व्यक्ति हुन् । अहिलेसम्म कसैले पनि भाडा छुट दिएका छैनन् । लामो समयसम्म व्यापार व्यवसाय नहुँदा भाडामा व्यवसाय गर्नेहरुले भाडा तिर्नको निम्ति समस्या पर्दै गएको छ ।

जिल्ला सदरकाुम तम्घासमा घर भएका श्रेष्ठ श्रीमान श्रीमतीको नामबाट मानबहादुर मायादेवी आफनै फाउन्डेसनबाट ठूला ठूला स्वास्थ्य शिबिर लगायत बिभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका पनि छन् । सरकारले पनि भाडामा घरहरु दिएकालाई छुट दिन आग्रह गरे पनि त्यसको कार्यन्वयन भएको देखिदैन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D