gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीका एक कर्मचारीले जन्मदिनको खर्च प्रकोप व्यवस्थापन कोषमा सहयोग

अनिल खत्री
२२ साउन, गुल्मी । गुल्मीका एक कर्मचारीले जन्मदिनको खर्च गाउँपालिकामा प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन् । जिल्लाको गुल्मीदरवर गाउँपालिकामा स्वास्थ्य शाखामा काम गर्ने नारायणप्रसाद अर्यालले आफ्नो जन्म दिनको अबसरमा रु ५ हजार ५५५ रुपैयाँ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेका छन् ।

अर्यालले प्रकोप व्यवस्थापन कोषमा सहयोग गर्ने गरि चेक गाउँपालिका अध्यक्ष अशोक थापा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेलाई हस्तातरण गरेका थिए । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण संक्रमितको लागि खर्च गर्ने गरि जन्म दिनको खर्चकटाएर सहयोग गरेको गुल्मीदरवर गाउँपालिकामा स्वास्थ्य शाखामा प्रमुख नारायणप्रसाद अर्यालले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जन्म दिनको अबसरमा गरिने खर्चलाई गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग गरेकोमा सहयोगी अर्याललाई धन्यवाद दिए । गुल्मीदवार गाउँपालिकामा पछिल्लो तथ्थाङ्क अनुशार ४ जना कोरोना संक्रमित आशुलेसनमा रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D