gulminews logo
मंगलवार, २०८० चैत्र ६

गुल्मीका एउटै ब्याक्तीले ४ करोड रुपैँया बढी जरिवाना तिर्न बाँकी

टोपलाल अर्याल
गुल्मी, १२ साउन । जिल्ला अदालत गुल्मीले विभिन्न मुद्धाका दण्ड जरिवानाबाट झण्डै ६ करोड रुपैयाँ असुल उपर गर्न बाँकी रहेको छ । जिम्मेवारी सरी आएको १ करोड १६ लाख २९ हजार ९ सय ६५ र नयाँ दर्ता ५ करोड २६ लाख १४ हजार ८ सय ४७ रुपैयाँ गरेर कुल ६ करोड ४२ लाख ४४ हजार ८ सय १३ मध्ये यो बर्ष अदालतले १९ लाख २१ हजार ४ सय ५४ रुपैयाँ मात्रै फर्छयौट गरेको छ । त्यस्तै ६ करोड २३ लाख २३ हजार ३ सय ५८ रुपैयाँ जरिवाना उठाउन बाँकी रहेको गुल्मी अदालतका तहसिलदार तथा फैसला कार्यान्वयन अधिकारी राम बहादुर कुवंरले जानकारी दिए ।

अदालतको लगतमा एक व्यक्तीकै जरिवाना चार करोड बढि छ । गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका जगन्नाथ पन्थको मात्रै ४ करोड ५ लाख ६२ हजार ७ सय ६० जरिवाना असुल गर्नुपर्नेछ । बैकिङ कसुरमा उच्च अदालत पाटनबाट विभिन्न समयमा पन्थलाई जरिवाना गरिएको छ । त्यस्तै अदालतले ४ सय ५७ बर्ष ४ महिना १ कैद भुक्तान गराउन बाँकी रहेको छ । बाहिरी जिल्लाहरुमा मुद्धा दर्ता र फैसला भएर स्थायी ठेगानाको आधारमा लगत मात्रै गुल्मी आएकाले बढि कैद तथा जरिवाना देखिएको फैसला कार्यान्वयन अधिकारी कुवंरले बताए ।

गुल्मी जिल्ला अदालतले लगत कट्टा गर्न प्रहरी परिचालन गर्ने सरकारी कार्यालय र स्थानीय तहहरुमा लगत पठाएर कार्यान्वयनमा सहजीकरण गर्न आग्रह गरिरहेको छ । तर, प्रहरीको सक्रियता बिना फैसला कार्यान्वयन गर्न नसकिने भएकाले पटक–पटक कार्यालयको ध्यानाकर्षण गराइएको कुवंरले बताए । ‘अहिले प्रहरी फरार अपराधी पक्राउ गर्न सक्रिय रहेको छ । सवैले सूचना दिएर सहयोग गर्नुपर्छ,’उनले भने,‘फैसला कार्यान्वयन नभए दण्डहिनता र अराजकता बढ्छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D