gulminews logo
बिहीबार, २०८० चैत्र १५

गिट्टी कुटेरै जिविका चलाउँदै अर्खबाङ्का महिला

मनोज कार्की
गुल्मी, असार २८ । गुल्मीको मालिका गाउँपालिकाका महिलाहरु गिट्टी कुटेर नै आफ्नो जिबिको पार्जन गर्दै आएका छन् । श्रीमान् पनि बेरोजगार रहेको र दैनिक जीवनयापनमा समेत समस्या भएपछि आफुहरु गिट्टी कुट्न बाध्य भएको उनीहरुका्े भनाई छ । अहिले आफुले गिट्टी कुटेरै भएको आम्दानीबाट दैनिक जीवनयापन निर्वाह गर्ने र छोरा छोरीको पढाई खर्च समेत चलाउँदै आएको बिना घर्तीले बताउनुभयो ।

उनीहरुले कुटेको गिट्टी गाउँपालिकाले खरिद गरिदिने भएपछि बजारको समस्या भने उनीहरुलाई छैन् । मालिका गाउँपालिकाले १ बोरा गिट्टीको १ सय रुपैयाँ दिदैँ आएको छ । १० जना भन्दा बढी महिलाहरुले अहिले गिट्टी कुटेरै आफ्नो जिविका चलाउँदै आएका छन् । मालिका गाउँपालिकाले बनाउन लागेको शौचालयको काममा उनीहरु विगत ६ महिनादेखि गिट्टी कुट्दै आएको बताउँछन् ।

महिलाहरूलाई आत्मनिर्भर बनाउन र श्रीमान् को मात्रै भर पर्ने बानीलाई निरुत्साहित पार्न गाउँपालिकाले महिलालाई काममा लगाउन प्रोत्साहित गर्दै उदाहरणि काम गर्दै आएको गाउँपालिका उपाध्यक्ष देवा रिजाल अर्यालले बताउनुभयो । महिलालाई आफु आफैमा आत्मनिर्भर बन्नको लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा मार्फत पनि गाउँपालिकाले केही महिलाहरुलाई रोजगार दिएको उहाँको भनाई छ । गाउँपालिका अधिकांश महिला परनिर्भर नबनुन् भन्नका लागि गाउँपालिकाले सकभर महिलाहरुलाई नै रोजगारीका अवसरहरु सगैं विभिन्न सीपमुलक तालिमहरु दिँदै आएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D