gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गायिका मञ्जु पौडेललाई मातृशोक

गुल्मी, कार्तिक ०७ । गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । गुल्मीमा जन्मेकी चर्चित गायिका पौड्यालकी ६५ वर्षीया आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । मञ्जुकी आमा केही महिनायता बिरामी थिइन् । गायिका मञ्जुले बिरामी आमाको विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् ।

यसवर्षको दशैं पनि गायिका मञ्जुले अस्पताल पुगेर बिरामी आमासँगै मनाएकी थिइन् । जुन भिडियो मञ्जुले सामाजिक सञ्जालमा समेत शेयर गरेकी छिन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्‍यौं ।

हाम्रो परिवारको आदर्श, मेरूडण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा, हजुरको आत्माले शान्ती पाओस्’ आमाको निधनपछि मञ्जुले फेसबुकमा लेखेकी छिन् । मञ्जु लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन् । स्टेज उद्घोषिकाका रुपमा समेत उनी चर्चित छिन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D