gulminews logo
मंगलवार, २०८० चैत्र ६

गाउँमै एक्सरे सेवा

हुमाकान्त पोखरेल
गुल्मी, १७ असार । धुर्कोट गाउँपालिका –६ रजस्थलस्थित धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा सुचारु भएको छ । बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सेवाको उद्घाटन गरेसँगै प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा संचालनमा आएको हो ।

एक्सरे सेवा सुरु भएसँगै छाति, हात, खुट्टा र पेटको एक्सरे अब धुर्कोटमै हुने भएको छ । मेसिनले दैनिक १० देखि १५ जनाको एक्सरे गर्न सक्नेछ । एक्सरे गरेको १५ मिनेटमा रिपोर्ट आउनेछ । दुई बर्ष पहिले स्वास्थ्य सेवा विभागबाट उक्त मेसिन प्राथमिक स्वास्थ्य केन्द्रमा आएपनि त्यसलाई प्रयोग गर्न सक्ने जनशक्तिको दरबन्दी केन्द्रमा नहुँदा सेवा सुरु हुन सकेको थिएन । अहिलेस्वास्थ्य कार्यालयसँगको समन्वयमा एकजना कर्मचारीले एक्सरेको कामसम्बन्धि तालिम लिएपछि प्रशासनकै आन्तरिक जनशक्तिबाट मेसिन सुचारु गरिएको सिनियर अहेव बाबुराम कुँवरले जानकारी दिए । ‘मेसिन आएपनि प्राथमिक स्वास्थ्य केन्द्रमा रेडियोग्राफरको दरबन्दी नहुँदा सञ्चालनमा ल्याउन सकेका थिएनौँ ।’ कुँवरले भने, ‘दुई बर्षसम्म पर्खिदा पनि दरबन्दी नपाएपछि आन्तरिक जनशक्तिबाट नै सेवा सञ्चालन गर्ने निर्णय ग¥यौ ।’

उक्त सेवा सञ्चालनमा आएसँगै धुर्कोट गाउँपालिकाका साथसाथै जिल्लाकै विकटमध्येको मदाने गाउँपालिका, मालिका गाउँपालिकाका केही वडा, मालारानी गाउँपालिकाको सौतामारे भेगका नागरिक लगायतका भेगका नागरिक प्रत्यक्ष लाभाम्बित भएका छन् । धुर्कोटमै सेवा सञ्चालनमा आएसँगै अब एक्सरे गराउनकै लागि सदरमुकाम तम्घास जानुपर्ने बाध्यता हटेको छ । धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र गुल्मी क्षेत्र नम्बर २ का पाँच पालिकामध्ये सबैभन्दा बढी सेवा सुविधा भएको स्वास्थ्य केन्द्र हो । सदरमुकाम तम्घासबाट झण्डै २५ किलोमिटर टाढा रहेको केन्द्रमा ल्याब सुविधा पनि उपलब्ध छ । अलिहेसम्म ल्याब सेवाअन्तरगत दिशा, पिसाव, खकार, रगत, सुगर, मृगौला, जन्डिस, यौन रोगको ल्याबाबाट हुने जाँच लगायतका परीक्षण हुने स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर जनक पाठकले जानकारी दिए ।

आवश्यक उपकरण र जनशक्तिको उपलब्धता भए कलोजो र बोसोको जाँच गर्ने योजना रहेको डाक्टर पाठकले बताए । अहिले जडान गरिएको एक्सरे मेसिन म्यानुअल रहेकोले अब डिजिटल एक्सरे मेसिन ल्याउन आफुहरुले पहल गरिरहेको स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष एवम् धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए । उनले सोही ठाउँको नजिकै १५ शैयाको ‘धुर्कोट आधारभूत अस्पताल’ को शिलन्यास भइसकेकोले धुर्कोट गाउँपालिका स्वास्थ्यमा अब्बल बन्ने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष पोखरेलले गाउँमै गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध हुन सके बसाइसराई पनि रोक्न सकिने भएकोले आफुहरु स्वास्थ्य सेवा विस्तारमा गम्भिरताका साथ लागेको प्रतिक्रिया दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D