गाउँपालिका अध्यक्षले जिते कोरोना

हुमाकान्त पोखरेल
तम्घास, २४ जेठ (रासस) । गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले कोरोना जित्नुभएको छ । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको उहाँमा शनिबार आएको रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो । जेठ ८ गते स्वाब संकलन गरी पठाएकोमा चार दिनपछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएसँगै चौतर्फि रुपमा चासो भएपछि उहाँले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्य अवस्थाबारे दिनुभएको थियो । तर जेठ १८ गते पुन स्वाब संकलन गरी पिसिआर् को लागि पठाइएको थियो । छ दिनपछि आएको उक्त रिपोर्टमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । उच्च आत्मबल राखेमा कोरोनालाई सहजै जित्न सकिने अध्यक्ष पोखरेलको भनाई छ । आफु सेल्फ आइसोलेशनमा रहेको र नियमित डाक्टरको सम्पर्कमा रहेकोले पनि धेरै समस्या नभएको उहाँले बताउनुभयो ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आर.डि.टी. गरिएको थियो । जसमध्ये एकजना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो । त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब संकलन गरी पठाइएकोमा स्वयम् अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

१५५ जनाको पिसिआर् नेगेटिभ

गुल्मीका १५५ जनाको पिसिआर् रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्षको सम्पर्कमा आएका सबैको स्वाब १८ गते संकलन गरी पठाइएको थियो । जसमध्ये धुर्कोट गाउँपालिकाका स्वास्थ्यकर्मी, वडाध्यक्ष लगायत गरी कुल ८९ जना रहेका थिए । भने जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि लगायत गरी ५६ जना रहेका थिए । शनिबार आएको रिपोर्टमा सबैको पिसिआर् नेगेटिभ देखिएको आचार्यले बताउनुभयो । गुल्मीमा हालसम्म कुल पाचँ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा दुई जना निको भएका छन् । दुई जनाको तम्घासस्थित आइसोलेशनमा उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D