गाउँपालिकाको मनपरी: गाउँपालिकाले दियो वडा सदस्यहरु सबैलाई मोटरसाईकल र मोबाईल फोन

प्रेम सुनार
गुल्मी, जेठ २० । गुल्मी दरवार गाउँपालिकाले वडाध्यक्ष देखि गाउँ कार्यपालिकाका सदस्यहरुलाई मोवाईल देखि मोटरसाईकल सम्मको सुविधा उपलव्ध गराउँदै आएको छ । त्यस गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुलाई एक-एक वटा मोटरसाईकल र मोवाईल फोन सुविधा उनिहरुको दैनिक व्यस्ततालाई ध्यानमा राखी खरिद गरिएको गाउँपालिका प्रमुख अशोककुमार थापाले बताए ।

त्यस गाउँपालिकाका लेखापाल केशव पन्थीका अनुसार तम्घासको सगरमाथा अटोमोवाईल्स स्वरुमबाट वजाज कम्पनी मोटर साईकल २ लाख ३५ हजार ९ सय रुपैयाँका दरले १० वटा खरिद गरिएको हो । त्यस्तै प्रति मोवाईल १३ हजार २ सय १० मुल्यका दरले वडाध्यक्ष सहित १३ जना गाउँ कार्य समिति सदस्यलाई मोवाईल खरिद समेत गरेर दिईएको छ ।

गाउँपालिका प्रमुख , उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु भने मासिक १ लाख १० हजार भाडाको गाडी चढ्ने गरेका छन् । गत असार मशान्त देखि फागुन सम्म ४ लाख ४१ हजार ६ सय ७ रुपैयाँको ईन्धन खर्च उठेको लेखापाल पन्थीले बताए ।

त्यस्तै बैठक भत्ता ६ महिनाको अन्तरालमा १५ लाख ६७ हजार ५ सय रुपैयाँ खर्च भईसकेको जानकारी उनले दिए । चैत्र ९ गते पत्रिकामा सार्वजानिक सुचना प्रकाशित गरी मोटरसाईकल खरिद गरिएको जानकारी त्यस कार्यालयका सुचना तथा प्रविधी अधिकृत सुरेश खनालले जानकारी दिए ।

त्यस गाउँपालिकाले सञ्चार माध्यममा आएका सुचना समेत गाउँपालिकाका प्रमुख निकट पत्रकारहरुलाई दिने गरेको विषयमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले राजनैतिक आस्थाका आधारमा नभई स्वयम केहि पत्रकारहरु माग्न आईरहने हुँदा दिनु परेको स्वीकार गरे ।

दुई वटा जति सुचना काठमाण्डौमा मेरो सम्पर्कमा रहेका पत्रकारहरुलाई दिएँ, शर्माले भने केहि सुचनाहरु जिल्लाका पत्रकारहरुलाई दिएको हुँ , आगमी दिनमा जिल्लाकै पत्रकारहरुलाई समानुपातिक ढंगले वितरण गरिने परिपाटी बसालीने छ ।

केन्द्र र ५ नम्वर प्रदेशका पत्रिकाहरुले सिधै ५० प्रतिशत कमिशन दिने प्रलोभन देखाएर जिल्लामा नियमति खट्ने पत्रकारहरुलाई विमुखो पार्ने गरेको समाचार वाहिर आईरहेका बेला यहाँका क्रियाशिल पत्रकारहरुले त्यसको निगरानी बढाएका छन् ।

गुल्मी दरवार गाउँपालिका र रेसुङ्गा नगरपालिकामा हुने गरेको यस्ता खाले अपारदर्शी कार्य र विकास निर्माणमा हुने गरेका कम्जोरीहरुका विषयमा आज गुल्मी नागरिक समाजले ध्यानकृष्ट समेत गराएको छ ।

आज समाजका संयोजक यमबहादुर पाण्डे सहित गुल्मी दरवार गाउँपालिकामा पुगेको टोलीले जनताले उठाएका विभिन्न सवालमा स्पष्टीकरण तिन दिन भित्र सार्वाजानिक गर्न ज्ञापनपत्र वुझाईएको छ । विकास निर्मायामा वहुमतको आडमा विकास निर्माण योजनाहरु वितरण सामाजिक सुरक्षा भत्तामा समेत त्यसैको आधारमा विभेद हुने गरेको र जनतालाई करले ढाड सेकिरहका जनप्रतिनिधीहरुलाई मोवाईल देखि मोटरसाईकल सम्मको सुविधा किन दिईयो भन्ने लगायका विषयमा स्पष्टीकरण मागिएको छ ।

यस सम्वन्धमा कतिपय कुराहरु निराधार आरोप मात्रै रहेको र कतिपय रुपमा आफुहरुले सुझावका रुपमा लिएर सुधार गर्ने गाउँपालिका प्रमुख अशोककुमार थापाले बताएका थिए । वैठक , तालिम लगायका भत्ताका विषयमा विधि अनुसार नै गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्र्माले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D