गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै विरोध, कसैको स्वार्थको लागि यस्तो प्रस्ताव ल्याइएको आरोप

जनार्दन घिमिरे
गुल्मी, पुस १२ । गुल्मीको मालिका गाउँपालिकाको केन्द्रलाई स्तान्तरण गर्नका लागि भन्दै गाउँपालीकाले प्रस्ताव लगेसँगै स्थानीय युवाहरुले विरोध जनाएका छन् । हाल गाउँपालिकाको केन्द्र रहेको ठूलीचौरबाट अन्यत्रै सार्ने चर्चा चलेसँगै स्थानीय युवाहरुले एक सङघर्ष समिति नै गठन गरेर विरोध जनाएका हुन् ।

गाउँपालिकाको केन्द्र हालकै ठूलीचौरमा नै उपयुक्त भएको भन्दै उपेन्द्र अर्यालको संयोजकत्वमा २० सदस्यीय संङघर्ष समितिको गठन गरिएको स्थानीय कपिल रेग्मीले बताउनु भयो । उक्त प्रस्तावलाई फिर्ता नलिएसम्म वडा नम्बर ४ का सम्पूर्ण कार्यहरु ठप्प पार्ने भन्दै स्थानीयहरुले चेतावनी समेत दिएका छन् ।

कसैको व्यक्तिगत स्वार्थको लागि यस्तो प्रस्ताव ल्याइएको भन्दै युवाहरुले स्रोत, साधन तथा पूर्वाधार र भौगोलिक रुपमो उपयुक्त भएको केन्द्र परिवर्तन गर्नु चलखेलको विषय भएको उनीहरुको आरोप छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ