gulminews logo
मंगलवार, २०८१ बैशाख ११

गाउँको विद्यालयलाई ९ रोपनी जग्गा दान

हुमाकान्त पोखरेल
गुल्मी, पुष २६ । मुसिकोट नगरपालिका वडा नम्बर ७ का ज्ञानेश्वर काफ्ले र हीरा काफ्ले दम्पतीले विद्यालयका लागि जग्गा दान गरेका छन् ।

वामीमैदान स्थित शारदा विद्या मन्दिर माध्यमिक विद्यालयको लागि करिब ४ लाख पर्ने नौ रोपनी जग्गा काफ्ले दम्पत्तिले प्रदान गरेका हुन् ।हालको मुसिकोट ८ तथा साविक वामी गाबिस वडा नम्बर ५ धारापानीमाथि विद्यालयको जग्गासँगै रहेको उक्त जग्गा विद्यालयलाई प्रदान गरेका हुन् ।

उनले दिएको जग्गामा दाते ओखर, सुन्तला लगायतका फलफुलजन्य विरुवाहरु लगाई बृक्षारोण गर्ने योजना रहेको विद्यालयका प्रध्यानाध्यापक ज्ञानहरी सापकोटाले जानकारी दिनुभयो । वामीका समाजसेवी काफ्लेले यस अघि महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई २ लाख २५ हजार तथा रुद्रावती बहुमुखी क्याम्पसको विकासको निम्ती ५१ हजार सहयोग गरेका थिए ।

काफ्लेले मुसिकोट ८ मा रहेका ६ ओटा विद्यालयका १७ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ४० हजार रुपैयाँ छात्रावृत्ति पनि वितरण गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D