gulminews logo
बुधबार, २०८१ बैशाख १२

गल्ती गर्नेलाई क्षमा दिन्छौ: मुख्यमन्त्री पोखरेल

हुमाकान्त पोखरेल
गुल्मी, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली पक्षका नेता शंकर पोखरेलले गल्ती गर्नेलाई क्षमा दिने बताएका छन् । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले गल्ती गरेको भन्दै उनीहरु सच्चिएर आए आफुहरुले क्षमा दिने बताएका हुन् ।

सोमबार ओली पक्षको नेकपा जिल्ला कमिटी गुल्मीद्धारा आयोजित अगुवा प्रशिक्षण कार्यक्रमा बोल्दै नेता पोखरेलले आफ्नै पार्टीको सरकारविरुद्ध लागेर प्रचण्ड, नेपाल र झलनाथहरु गलत बाटोमा हिडेको आरोप लगए । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि पार्टीभित्रका केही नेताहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र आफुलाई देखाएर पार्टीभित्र एक व्यक्ति एक पदको बहस सुरु गरेको बताए । तर त्यसको उदेश्य आफुहरु दुईजना नभई प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने रहेको उनको भनाई छ ।

‘उहाँहरुको दुष्प्रयास हामीले पहिल्लै थाहा पाएर संसद भङ्ग ग¥यौ ।’ पोखरेलले भने, ‘संसद जिवित भएको भए उहाँहरुले काङ्ग्रेससँग मिलेर सरकार बनाउनुहुन्थ्यो ।’ प्रचण्डको अभियोगपत्र नै पार्टी फुटको मुख्य आधार भएको र आफुले पनि पार्टी जोगाउनको लागि प्रचण्डसँग धेरै विकल्पहरुमा छलफल गरेपनि प्रचण्डले नमानेको उनले जिकिर गरे । त्यसका साथै उनले गुल्मी क्षेत्र नम्बर १ नेकपाको पक्षमा सुरक्षित रहेको र २ मा गोकर्ण विष्टलाई चुनाव जित्ने मन भए बाटो सच्याउन पनि चेतावनी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D