Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गरिव माथि दैवको चोट, कमाउन गएको परदेशी जलेर प्राण माग्दैै, बुबाको मृत्युपछि छोराको बिजोक - Gulminews

गरिव माथि दैवको चोट, कमाउन गएको परदेशी जलेर प्राण माग्दैै, बुबाको मृत्युपछि छोराको बिजोक

टोपलाल अर्याल
गुल्मी, १८ माघ । गुल्मी दरवार गाउँपालिका ३ राजाका २० बर्षीय आशिष सुर्यवंशी पाँच महिना अघि भारत गए । तीन महिनादेखि हैदरवादको होटलमा काम गर्थे । गएको ९ गते काम गर्नेक्रममा ग्यास लिग भएपछि गम्भिर घाइते भए । आशिषका खुट्टा र हातमा गम्भिर चोट छ । उनी अहिले अस्पतालमा आर्थिक अभावको कारण छटपटाइरहेका छन् । परिवारको आर्थिक अवस्था राम्रो नभएपछि आमा सीता सुर्यवंशी गाउँ र भारतकै छिमेकीहरुसंग हारगुहार गरिरहेकी छन् ।

अस्पतालका चिकित्सकहरुले आशिषको समयमै उपचार नभए हात खुट्टा गुम्ने जोेखिम रहेको बताएका छन् । कमाउन गएका उनै आशिष हुन् । गाउँकी एकल आमासंग कुनै आर्थिक श्रोत छैन् । मेलापात गरेर बिहान–बेलुकाको जोहो गरेकी छन् । कतै आर्थिक अभावको कारण छोरा गुम्ने स्थिती आउने होकी भनेर मन पीडा र आँखाभरी आसु बोकेर चन्दा संकलनमा लागेको आशिषकी आमाले गुुनासो गरिन् ।

परिवारको गर्जो टार्न परदेश

आशिष सुर्यवंशी परिवारका जेठा छोरा हुन् । बुबा दिल बहादुर सुर्यवंशीको चार बर्ष पहिले मृत्यु भयो । एकल आमासंग आर्थिक बोझ र परिवारको व्यावस्थापन निकै चुनौति थियो । गाउँमा अ‍ैचोपैचो र अर्मपर्म गरेर सिताले घर परिवार चलाउन मुस्किल परेपछि आशिष भारत पसेका थिए । पहिले बुबाले पनि भारतमै काम गर्थे ।

गाउँ आएर पनि सासै आर्थिक समृद्धि भएन् । पछि हृदयघातको कारण ज्यान गयो । परिवारको मुल खम्बानै ढलेपछि आमा सीता र छोरा आशिषसंग परिवारको भारी थपियो । ‘छोरा निकै सज्जन थियो । बाबुको मृत्युपछि आर्थिक अवस्था नभएरै घर सल्लाहमा भारत गएको हो,’आमाले भनिन,‘निष्ठुरी दैवले गरिवलाईनै देख्ने रहेछ ।’ सीताले सवैले सहयोग गरेर छोरालाई बचाईदिन आग्रह गरिन् । उनले आर्थिक अवस्था राम्रो नभएकाले क्रृण दिनेहरु पनि नभएकाले चन्दा उठाउँदै गाउँ डुल्ने अवस्था आएको गुनासो गरिन् । अहिलेसम्म ५० हजार भारतीय रकम खर्च भइसकेको छ । होटल साहुले एक रुपैयाँ सहयोग नगरेकाले आफैलाई झन ठुलो आर्थिक समस्या परेको सुर्यवंशीले बताइन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D