gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गरिबका छोराछोरीलाई खाडी मुलुकमा जानबाट रोक्न जरूरी छ: कांग्रेस नेता भन्डारी

रामकृस्ण कंडेल
गुल्मी, माघ २६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सांसद डाक्टर चन्द्र भन्डारीले गरिबका छोराछोरीलाई खाडी मुलुकमा जानबाट रोक्न जरूरी रहेको बताउनुभएको छ । गुल्मी मुसिकोट उद्योग बाणिज्य संघले वामीटक्सारमा आयोजना गरेको प्रथम मुसिकोट महोत्सवको समापन समारोका प्रमुख अतिथि भन्डारीले सो कुरा बताउनुभएको हो ।

‘यस महोत्सवले स्थानिय परम्परा, कला, सँस्कृतिलाई थप प्रचार गरि आन्तरिक तथा बाहय प्रयटन प्रबर्द्धनमा ठोस टेवा पुर्याउने छ भन्ने भन्नेमा हामी बिस्वस्त छौ’ मन्तब्यको क्रममा भण्डारीले बताऊनुभयो । भन्डारीले संबोधनको क्रममा लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता र देश भक्तिलाई बचाई राख्न आग्रह समेत गर्नु भयो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधता युक्त विशेषताले भरिपूर्ण रास्ट्र भएको बताऊँदै प्रमुख अतिथि भन्डारीले मुसिकोट नगरपालिकामा बसोबास गर्ने विभिन्न समुदायको मौलिक पहिचान झल्कने भाषा, संस्कार र संस्कृतिलाई जोगाई राख्न समेत आग्रह गर्नु भयो ।

ब्यापार महोत्सबको महत्व प्रकाश पार्दै प्रमुख अतिथि डा भन्डारीले महोत्सब आपसी सद्भाव,सहिष्णुता र एकताको पर्वको रूपमा बिकास गर्न जरूरी रहेको बताऊनु भयो । बिकासको प्रसंगमा डा.भन्डारीले सडक, पुल, रोजगारी लगायतका काममा सरकारले महत्व दिनु पर्नेमा जोड दिनुभयो । गरिबका छोराछोरीलाई खाडी मुलुकमा जानबाट रोक्न जरूरी रहेको समेत डा. भन्डारीको आग्रह थियो । एक छुट्टै प्रसंगमा हरेक दलमा नेतृत्व अपडेट हुन जरूरी रहेको भन्दै युबाहरूको कँधमा जिम्मेवारी आऊन आबश्यक रहेको प्रमुख अतिथी भन्डारीको भनाई थियो।

पर्यटन, सांस्कृतिक, औधोगिक तथा ब्यापार मेला २०७६ महोत्सब कार्यक्रमका बिशिस्ट अतिथि मुसिकोट नगरपालिकाका नगरप्रमुख सापकोटाले नगरप्रमुख सापकोटाले नगर बिकासको लागि सिप, अनुदान र औजारको ग्यारेन्टी गरिएको बताऊँदै बिकास र सम्बृध्दीको लागि आफुहरूले जस्तो सुकै कदम चाल्न पछी नपर्ने दाबी गर्नु भयो । नेपाली कॉग्रेसका जिल्ला सचिब तथा कार्यक्रमका बिशिस्ट अतिथि खिलध्वज पन्थीले बिकासमा पुर्बाग्रह राख्न नहुने साथै सत्ताक्ष र प्रतिपक्ष मिलेरै कामलाई अगाडि बढाऊन जरूरी रहेको धारणा ब्यक्त गर्नु भएको थियो । त्यस्तै नगरपालिका आर्थिक संयोजक तथा नेकपाका युवा नेता प्रकाश काफ्लेले मुसिकोट महोत्सबलाई मुसिकोट बासिले निकै महत्व दिएको बताउदै यो सदभावलाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो ।

महोत्सबको अन्तिम दिन नेपाली कांग्रेस जिल्ला सचिब बिस्णु कुमारी सापकोटा, नेकपाका नगर ईन्चार्ज जिवन खरेल, साबिक वामी गाबिस का पूर्ब अध्यक्ष हरिनारायण सापकोटा, हेलिकप्टर एशोसियसनका महासचिब योगेन्द्र कंडेल, नेतृ गन्डकी थापा लगायतको बिशेष उपस्थिति रहेको थियो । ज्योती मगर, थानेस्वर गौतम, बैकुन्ठ रायमाझि लगायतका रास्ट्रिय कलाकारहरूको संगितिक प्रस्तुतिले महोत्सबको माहोल राम्रैसँग तताएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवाती चरणमै आयोजना गरिएको गुल्मी मुसिकोट महोत्सवले भ्रमण वर्ष सफल पार्न पर्यटकीय गतिविधिमा जोड दिएको बताईएको छ । यस पटक मुसिकोट महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, कला, सँस्कृति, वस्तु एवं सेवाका १ सय २५ वटा स्टल रहेका थिए । ७० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको यस महोत्सवमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान आयोजकको थियो । के कती दर्शकहरूले मेला अबलोकन गरे साथै कति रकमको कारोबार भयो भन्ने संबन्धमा यकिन भई नसकेको आयोजकको भनाई रहेको छ ।

गुल्मी मुसिकोट ऊधोग बाणिज्य संघका अध्यक्ष शुदर्शन साक्यको अध्यक्षता र कोषाध्यक्ष गोपीकृस्ण खरेलको सन्चालनमा कार्यक्रम अगाडि बढि रहेको छ । माघ १५ गते रास्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाबाट महोत्सब उदघाटन गरिएको थियो । १२ दिन सम्म सन्चालन गरिएको महोत्सब आज २६ गते समापन हुँदैछ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D