Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गठबन्धनको विकल्प छैन: पूर्वमन्त्री झाँक्री - Gulminews

गठबन्धनको विकल्प छैन: पूर्वमन्त्री झाँक्री

हुमाकान्त पोखरेल
गुल्मी, १५ असौज । नेकपा एकीकृत समाजवादीकी सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले गठबन्धनको विकल्प नभएको बताएकी छिन् । शनिबार गुल्मीको धुर्कोट गाउँपालिकामा एकीकृत समाजवादीको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री झाँक्रीले विकास र समृद्धिको लागि गठबन्धनको विकल्प नभएको बताएकी हुन् ।

नेतृ झाँक्रीले निर्वाचनपछि पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरिन् । ‘आगामी मंसिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्दैछ ।’ उनले भनिन्, ‘निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउँछ ।’ गुल्मी क्षेत्र नम्बर २ मा लामो सयमसम्म गोकर्ण विष्टले जितेपनि विकास नगरेकोले अब परिवर्तन खोज्नको लागि नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताइन् । त्यसका साथै उनले अब चुनाव प्रचार–प्रसारमा लाग्न पार्टीका नेता–कार्यक्रताहरुलाई निर्देशन दिइन् ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज प्रमेश पोखरेलले अब उत्पादन गरी आत्मनिर्भर बन्नतर्फ सबै लाग्नुपर्ने समय आएकोले त्यसको लागि गठबन्धन आवश्यक रहेको बताए । कार्यक्रमकै अवसर पारि पार्टीले युवा संघको गाउँ कमिटीको गठन गरेको छ । ढालेन्द्र नेपालीको संयोजकत्वमा ५१ सदस्यिय राष्ट्रिय युवा संघ एवम् तुल्सीराम कुँवरको संयोजकत्वमा पार्टीको जैसिथोक गाउँ कमिटी गठन गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा सह–इन्चार्ज गणेश विश्वकर्मा, जिल्ला अध्यक्ष श्रीराम महत लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम रामकुमार विष्टको अध्यक्षता एवम् चन्द्र सुनारको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D