gulminews logo
शनिबार, २०८१ बैशाख २२

गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी

हुमाकान्त पोखरेल
गुल्मी, २६ असोज । गुल्मीमा गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट उम्मेदवारी दिएका नरेन्द्र बहादुर अर्यालले बुधबार निर्वाचन अधिकृतको कार्यालयमै पुगेर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिव बहादुर थापाले जानकारी दिए । ०४६ सालदेखि नेपाली काँग्रेसमा आवद्ध अर्याल हाल नेपाली काँग्रस निकट गुल्मी काठमाडौ सम्पर्क मञ्चको सचिव छन् ।

संविधान रक्षाका लागि बनेको पाँच दलीय गठबन्धन र गठबन्धनको तर्फबाट आफ्नो क्षेत्रका उम्मेदवार बुद्धि जिसीलाई जिताउनका लागि आफुले उम्मेदवारी फिर्ता लिएको अर्यालले बताए । अर्यालको उम्मेदवारी फिर्ता गराउनका लागि जिसी र अर्याल सँगै निर्वाचन कार्यालयमा पुगेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D