gulminews logo
बिहीबार, २०८१ बैशाख २७

गंगा प्राथमिक विद्यालयद्धारा विद्यार्थीलाई पोशाक तथा टिफिन बक्स वितरण

काैरव खत्री
गुल्मी, २१ कार्तिक । गुल्मीकाे गंगा प्राथमिक विद्यालय मुसिकोट नगरपालिका २ रातचौर गुल्मीमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा खाजा खाने टिफिन बक्स वितरण गरिएकाे छ ।
यसै क्षेत्रका विभिन्न व्यक्तिहरूकाेआर्थिक सहयोगले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पोशाक र टिफिन बक्स वितरण गरिएकाे हो ।
साथै पाेशाक र टिफिन बक्स झरुवा बाल बिकास केन्द्र सहित गङगा प्राथमिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि विद्यालय पोशाक र खाजा खाने टिफिन बक्स वितरण गरिएको हो ।
त्यस्तै पाेशाककाे लागि मुसिकाेट नगरपालिका वडा न.२ मुसिकाेट रातचाैर गुल्मी निवासी हाल राेजगारीकाे शिलशिलामा बेलायतकाे लण्डनका कार्यरत रहदै आउनु भएका समाजसेवी यम बहादुर खत्रीले नगद रू.२५ हजार,मुसिकाेट नगरपालिका वडा न.२ मुसिकाेट ताल्तुङ गुल्मी निवासी हाल राेजगारीकाे शिलशिलामा बेलायतकाे लण्डनका कार्यरत रहदै आउनु भएका समाजसेवी कर्ण बहादुर कार्कीले नगद रू. २० हजार,मुसिकाेट नगरपालिका वडा न.२ मुसिकाेट बगैंचा गुल्मी निवासी हाल राेजगारीकाे शिलशिलामा जापानमा कार्यरत रहदै आउनु भएका समाजसेवी थानिश्वर काफ्लेले नगद रू.५ हजार,गरि कुल ५० हजार आर्थिक सहयोग गर्नु भएकाे थियो ।
त्यस्तै मुसिकोट नगरपालिका वडा न.२ ताल्तुङ गुल्मी निवासी साेही विद्यालयकी शिक्षक विना केसीले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई टिफिन बक्स सहयोग गर्नुभएको थियो ।

त्यस्तै साेही अवसरमा विद्यालयकाे लागि मदाने गाउँपालिका वडा न. ४ सिर्सेनी गुल्मी निवासी हाल राेजगारीकाे शिलशिलामा कतारमा कार्यरत रहदै आउनु भएका समाजसेवी लाेक बहादुर केसीले विद्यालयकाे लागि रू.११ हजार आर्थिक सहयोग गर्नुभएकाे छ ।
कार्यक्रममा समाजसेवी तथा चन्ददाता कृष्ण बहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी एवं चन्दादाता हरि बहादुर खत्री,समाजसेवी तथा चन्दादाता कृष्णबहादुर कार्की, चन्दादाता विना केसी,समाजसेवी दुर्गा छिन्नल,लगायत विद्यालय व्यवस्थापन समिति,अभिभावक,शिक्षकहरू लगायतको सहभागी रहेकाे थियाे ।

कार्यक्रम गङगा प्राथमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर खत्रीको अध्यक्षता तथा मुसिकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष रविन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन भने विद्यालयका प्रधानाध्यापक कौरव बहादुर खत्रीले गर्नुभएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D