gulminews logo
मंगलवार, २०८० चैत्र ६

खोजेको सरकारको स्थिरता हो तर पार्टीभित्र धेरै जालहरु रचिए: परराष्ट्रमन्त्री ज्ञवाली

हुमाकान्त पोखरेल
गुल्मी, १० फागुन । परराष्ट्रमन्त्री एवम् नेकपा ओली पक्षका नेता प्रदिप कुमार ज्ञवालीले आफुहरुले सरकारको स्थिरता खोजेको बताएका छन् । सोमबार ओली पक्षको नेकपा जिल्ला कमिटी गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता ज्ञवालीले संसद रहने त सरकार अस्थिर भए ठिक नहुने बताए ।

‘हामीले सरकारको स्थिरता खोजेका हौँ, तर पार्टीभित्र धेरै जालहरु रचिए ।’ नेता ज्ञवालीले भने, ‘तीन बर्षसम्म बन्धक भएको पार्टीलाई फुकुवा गर्न प्रधानमन्त्रीले बाध्यकारी निर्णय गर्नुभयो ।’ भुकम्पको बेला ५० हजार स्वयम्सेवक खटाउने पार्टीले कोभिड महामारीका बेला कुनै सिर्जनशिल काम गर्न नसकेको भन्दै घुमाउरो भाषामा कार्यकारी अध्यक्ष प्रचण्डको आलोचना गरे । पार्टी एकता भएदेखि ७५ वटा सचिवालयका बैठकमा जनताका पक्षमा भन्दा नेताहरुको व्यवस्थापनका लागि एजेण्डाहरु भएको उनले सुनाए ।

संसद विघटनको अघिल्लो दिन पौष ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड निवासमा पुगेर पार्टी एकता र संसद विघटनबाट जोगाउनको लागि धेरै प्रयास गरेपनि सफल नभएपछि ससद विघटन गर्न बाध्य भएको बताए । केही नेताहरुले जनतालाई भन्दा आफुलाई केन्द्रमा राखेपनि प्रधानमन्त्रीले जनतालाई केन्द्रमा राखेर जाता जनादेशमा जाने निर्णय गरेको उनले सुनाए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D