gulminews logo
सोमबार, २०८१ बैशाख २४

खेतमा ‘पानी लगाउने’ बिवाद हुँदा एक जनाको मृत्यु

अनिल खत्री
१५ साउन, गुल्मी । गुल्मीमा गएराती खेतमा पानी लगाउने क्रममा बिवाद हुँदा एक जनाको मृत्यु भएको छ । माुसिकोट नगरपालिका वडा नम्बर ३ नौघाटे खेतमा पानी लगाउने क्रममा ४५ वर्षिय लक्ष्मण कुमालले धारिलो हतियारले हानेर ५० वर्षिय मोतिलाल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) दिपककुमार बस्नेतले बताए ।

बुधवार राती खेतमा पानी लगाउने क्रममा दुइजना बिच बिवाद हुँदा धारिलो हतियारले हानेर मोतलिालको खेतमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नयव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।

वामी प्रहरीले नियन्त्रमा लिएर बयान लिने क्रमममा हसियाले हानेर मारेको स्वीकार गरेको घलेले बताए । प्रहरीको नियन्त्रणमा रहेका लक्ष्मणलाई जिल्ला प्रहरी कार्यालय ल्याइदैँ छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D