“खुट्टा हुनेहरु बिहानै भागे, म पहिरोमा पुरिएर बाँचेकी छु”: ईन्द्रकला

टोपलाल अर्याल
गुल्मी, साउन १५ । सत्यवती गाउँपालिका ३ सिङदीकी इन्द्रकला शारिरीक रुपमा असक्त छन् । उनी दुई पटकको पहिरोमा भाग्यले बाँचिन् । बिपत्ती अप्रत्याशित हुन्छ । थाहा पाएसम्म जसले पनि भागेर ज्यान जोगाउन थाल्छ । तर इन्द्रकलालाई त्यो सम्भव थिएन ।

एउटा खुट्टा सानो र सुकेको भएकाले हिड्न सक्दिनन् । साउन ७ गतेको पहिरोले घर पुरिँदा अरु भागे । तर इन्द्रकलाले अन्तिममा उद्धार पाइन् ।

‘खुट्टा हुने बिहानै भागे म कसो गरुँ रोएर बसे’, उनले भनिन, ‘पहिले पनि पहिरोमा पुरिएर बाँचेकी हुँ ।’ उनकी आमा रुकमायाका अनुसार २०४६ सालमा पनि पहिरोले विक परिवारको घरगोठ बगाएको थियो । त्यतिवेला पनि गाउँलेले पहिरोमा पुरिएकी इन्द्रकलाको जिवितै उद्धार गरेका थिए । पहिरोले गाउँ घेरेपछि अहिले इन्द्रकलाको परिवारसहित १६ घरका ९३ जना वडा नं १ अस्लेवाको राम माविमा आश्रय लिएका छन् ।

‘अरु सरह नै बसेकी छु, न बत्ती न त राम्रो ओढ्ने आछेयाउने नै’ उनले भनिन्, ‘शौचालय जाँदा, महिनावारी हुँदा र बिरामी पर्दा निकै बिजोक छ ।’

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ