gulminews logo
शुक्रबार, २०८० चैत्र १६

क्वारेन्टाइन व्यावस्थापन गर्न, दलहरुसंग स्वयसेवक माग

टोपलाल अर्याल
गुल्मी, १८ जेठ। पछिल्लो समय भारतबाट गाउँ आउनेहरुको संख्या दैनिक दोब्बर बन्दै गएको छ । जसका कारण स्थानीय तहमा बनेका क्वारेन्टाइन भरिएका छन् । कम जनशक्तिबीच स्थानीय तहलाई क्वारेन्टाइन व्यावस्थापनमा मुस्किल पर्दै गएको छ । सोहि अवस्थालाई मध्ये नगर गरेर मुसिकोट नगरपालिका वडा नं ७ ले राजनैतिक दलहरुसंग स्वयसेवक र आवश्यक सहयोग माग गरेको छ ।

लामो समय क्वारेन्टाइनमा राखेर गासबास साथै स्वास्थ्यको समेत ख्याल गर्नुपर्ने भएकाले नेकपा र नेपाली कांग्रेसको नगर कमिटीहरुसंग स्वयसेवक माग गरिएको वडाध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए । अहिलेलाई मुसिकोट नगपालिका वडा नं ७ मा मात्रै दुई पार्टीका १०÷१० जना स्वयसेवक माग गरिएको काफ्लेले जानकारी दिए । ‘क्वारेन्टाइनमा बसेकै मान्छेले आत्महत्या गर्न थाले, थप व्यावस्थापन र सुरक्षामा चुनौति बढ्दा जनशक्ति अभाव छ,’उनले भने,‘अब सवैले आफ्नो दायित्व निभाउनु पर्ने महसुस गरेर सहयोगको अपेक्षा गरेका छौ ।’

काफ्लेले स्वयसेवकहरुलाई सुरक्षाका सम्पूर्ण सामग्रीहरु प्रदान गरेर वडा कार्यालयको समन्वयमा क्वारेन्टाइन व्यावस्थापनमा लगाउने बताए । मुसिकोट नगरपालिकाका जेठ १७ गतेसम्म चार सय ३७ जना नागरिक भारतबाट गाउँ आएका छन् । अझै धेरैले सम्पर्क गरिरहेको र तेस्रो मुलुकबाट सरकारले अलपत्र परेका नेपाली ल्याउने कुराले यो योजना अगाढी बढाएकाले दलहरुले सौहार्दपुर्वक सहयोग गर्ने अपेक्षा गरिएको मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बताए ।

‘कतिपय स्थानमा दलहरुनै अनुगमन गर्नुभएको छ, त्यो खुसीको कुरा हो,’ उनले भने,‘सवै मिलेर क्वारेन्टाइनको थप व्यावस्थापन गर्ने सोच भए दलहरुले स्वयसेवक सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौ ।’ वडा नं ७ को प्रभावकारीता हेरेर अरु वडाहरुमा पनि स्वयसेवक माग गर्ने सापकोटाले बताए । उनले यो संकटमा दलहरुको पनि दायित्व भएकाले बिज्ञप्ती लिएर ध्यानाकर्षण गराउँदै हिडेर मात्रै नपुग्ने बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D