gulminews logo
शुक्रबार, २०८० चैत्र १६

क्वारेन्टाइनमै रक्सी खाएर श्रीमती माथी कुटपीट, पसलेले क्वारेन्टाइनमै रक्सी पुर्याईदिएको खुलासा

टोपलाल अर्याल
गुल्मी, ११ बैशाख । इस्मा गाउँपालिका ६ अम्मरपुरका २४ गोपाल गिरीले क्वारेन्टाइनमै रक्सी खाएर श्रीमती कुटपीट गरेका छन् । उनले आफुसंगै क्वारेन्टाइनमा बसेकी श्रीमती २० बर्षीया पुष्पा गिरीलाई कुटपीट गरेका हुन् ।

मदिरा सेवन गर्ने र बिक्री गर्ने दुवै जनालाई कारबाही प्रक्रिया सुरु गरेको गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् । उनले क्वारेन्टाइन नजिकै पसल संचालन गरेका इस्मा गाउँपालिका २ का तारा खत्रीले क्वारेन्टाइनमा लगेर मदिरा दिएको फेला पारेको बताईन् । यो बिपद्को बेलामा पनि मदिरा सेवन गरेर सानो बच्चासहितको आफुलाई कुटपीट गर्दै तनाव दिएको पीडित पुष्पाले गुनासो पोखिन् ।

इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले मदिरा बेच्ने व्यक्तिलाई इस्मा गाउँपालिकाको नियमानुसार पाँच हजार जरिवाना गरिएको बताए । मदिरा सेवन गर्नेलाई अहिले सम्झाई बुझाई गरिएको र क्वारेन्टाइनबाट छुटेपछि थप कारबाही गर्ने चौकी इन्चार्ज अधिकारीले जानकारी दिए । भारतबाट आएको आशंकामा उनीहरु बैशाख १ गतेदेखि इस्मा गाउँपालिका २ को पालुखा मावि क्वारेन्टाइनमा बसेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D