gulminews logo
बुधबार, २०८१ बैशाख १२

क्यानडा, जापान तथा युरोप पठाइदिन्छु भन्दै ठग्ने गुल्मीका घिमिरे सहित ५ जना पक्राउ

काठमाडौ । महानगरीय प्रहरी अपराध महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले भारतको नयाँ दिल्ली हुँदै क्यानडा, जापान तथा युरोप पठाउने भन्दै ठगी गर्ने समूहलाई पक्रा गरेको छ ।
प्रहरीले ठगी गर्ने गुल्मी मुसीकोट घर भई नयाँ दिल्लीमा बस्ने नारायण घिमिरे सहित पाँच जनालाई बुधबार ठमेलको होटल इन्काउन्टरबाट पक्राउ गरेको हो । घिमिरेले नयाँ दिल्लीमा ग्लोबल ट्रेडिङ कन्सल्टेन्सी तथा

काठमाडौको पुतलीसडकमा निकिता ग्लोबल कन्सल्टेन्सी सञ्चालन गरी ठगी गर्दै आएका थिए ।

पक्राउ पर्नेमा घिमिरे सहित रुपेन्देही कालिकानगरका झपेन्द्र थापामगर, अर्घाखाँची छत्रदेवका अर्जुन अर्याल, उत्तरप्रदेश भारतका संदिप सिंह र सिलगुढी भारतका रोनाल्ड गहतराज रहेका छन् ।

उनीहरुको साथबाट १९ थान नेपाली राहदानी, २५ थान बंगलादेशी राहदानी र १ थान भारतीय राहदानी एवं ११ थान पुलिस रिपोर्ट र अन्य कागजात फेला पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्दनगर पठाइको प्रहरी जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D