gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

को हुन गुल्मीबाट ५ मत पाउने उम्मेदवार? गुल्मीका २५ जना उम्मेदवारले १०० मत पनि पुर्याएनन्

सन्जु काउछा
मंसिर २४ । गुल्मी क्षेत्र नं. १ र २ दुवै प्रतिनिधी सभामा वामगठबन्धनका साझा उमेदवारहरु विजयी भएका छन् । क्षेत्र नम्वर १ मा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली र क्षेत्र नम्वर २ मा गोकर्णराज विष्ट फराकिलो मतान्तरले विजयी भएका छन् ।

ज्ञवाली ३७ हजार ८ सय १७ मत ल्याई विजयी भएका छन् । उनले कांग्रेस उमेदवार चन्द्र भण्डारीलाई ७ हजार ५ सय ५८ मतले पछाडी पारेका हुन् । भण्डारीले ३० हजार ३ सय ५६ मत प्राप्त गरेका छन् । त्यस्तै क्षेत्र नम्वर २ मा गोकर्ण विष्ट १४ हजार भन्दा बढि मतको अग्रता लिएर विजयी भएका छन् । विष्टले ३४ हजार ९ सय १८ मत ल्याएर विजयी भएका छन् ।

साना दलको चर्चा भएन
प्रतिनिधी सभा तर्फ गुल्मीका २ वटै क्षेत्रका बामगठबन्दनका र नेपाली कांग्रेसका उम्मेदवारहरुको राम्रै चर्चा भयो । प्रदेश सभा तर्फ पनि यिनै बठबन्दन र कांग्रेसका उम्मेदवारहरुको चर्चा भयो । तर अन्य साना दल र तिनका उम्मेदवारहरु कस्ले कती मत पाए?

१०० भोट नपाउने २५ जना
गुल्मीबाट २५ जना उम्मेदवारहरुले १०० भन्दा कम मत प्राप्त गरेका छन् । प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर १ र २ मा गरी १० जनाले १०० मत पनि पुर्याउन नसकेका हुन् । त्यस्तै ४ वटा प्रदेशबाट १५ जनाले १०० भन्दा कम मत ल्याएका छन् ।

कस्ले कती पाए भोट?
प्रतिनिधी सभा तर्फ सबैभन्दा कम मत क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार मिना नेपालीले पाएकी छन् । उनले जम्मा ५ मत मात्र पाएकी छन् । अन्य स्वतन्त्र उम्मेदवारहरु लक्ष्मण भण्डारीले १९ र दामोदर भण्डारीले ४० मत पाएका छन् । त्यस्तै संघीय समाजवादी फोरम नेपालका दुर्गा बहादुर सर्तुङ्गे मगरले ४७, मंगोल नेशनल अर्गनाइजेसनका श्री प्रशाद पुनले ९२, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केशव अधिकारीले ९७, नयाँ शक्ति पार्टी नेपालका तेज बहादुर थापाले १०२, राष्ट्रिय जनमुक्ति पार्टीका मधु मालती बुढाथोकीले ११० र राष्ट्रिय जनमोर्चाका छविलाल सर्तुङ्गीले २६७ मत पाएका छन् ।

प्रतिनिधी सभा तर्फ क्षेत्र नम्बर २ बाट सबैभन्दा कम मत गीता पाण्डेले पाएकी छन् । उनले जम्मा १२ मत पाएकी छन् । त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरु चुरामणि भण्‍डारीले २७ र गिता पाण्डेयले २२ मत पएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका रामेश्‍वर खत्रीले ४५३, नयाँ शक्ति पार्टी नेपालका गणेश कुवँरले २९६, मंगोल नेशनल अर्गनाइजेसनका पदम थापा मगरले १९३ र संघीय समाजवादी फोरम नेपालका कृष्ण बहादुर सर्तुङीलेले ७३ मत पाएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D