gulminews logo
शनिबार, २०८१ बैशाख १५

को हुन् गोकर्ण बिष्ट? जनीराखौँ उनको राजनीतिक यात्रा र जीवनी

अनिल खत्री
गुल्मी, २३ मंसिर । गुल्मी क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्यमा बामगठबन्धनका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएको छन् । बिस्टले ३४ हजार ६ सय १८ मत ल्याएर बिजयी भएको निर्वाचन अधिकृत कमलराज गौतमले जानकारी दिए ।

बिष्टका प्रतिस्पर्धी काँग्रेसका चन्द्र केसीले २० हजार १ सय ५६ मत ल्याएर पराजित भएका छन् । बिष्टले केसीसँग १४ हजार ४ सय ६२ फराकिलो मतान्तर ल्याएका छन् । बिष्टले अघिल्लो ०७० सालमा सम्पन्न निर्वाचनमा पनि निकै फराकिलो मतान्तरले बिजयी भएका थिए । बिष्टले ८हजार १सय ८८ मतान्तर थियो ।

को हुन् गोकर्ण बिष्ट?
नेपाली राजनितीको पछिल्लो समयमा लोकप्रिय र सफल युवा नेताको नाम हो गोकर्ण बिष्ट । गुल्मी जिल्लाका दोहोली गाविसमा बिस ०२२ असार १७ गते गुल्मी जिल्लाको दोहोली गाविस ३ मा भएको हो ।
gokarna bishta
बुवा भिम बहादुर बिष्ट र माता चिन्तकला बिष्टको कोख बाट जन्मीएका बिष्टले ०३५ साल बाट राजनिती यात्रा सुरु गरेका थिए । ०४० सालमा लोकसेवा लडेर नाम निकालेका बिष्ट तत्कालिन अञ्चलाधीस काजीमान कन्दवाङ्गसंग जागिरको पहिलो दिनमै बिवाद परेपछि जागिर छोडेर राजनितीमा सक्रिय भएर लागेका थिए ।

राजनीतिक यात्रा
बिसं ०४३ सालमा पार्टी सदस्य लिएका बिष्ट अनेरास्वबियूको कठमाडौ र वागमती अञ्चल अध्यक्ष ,केन्दिय समितीमा संगठन बिभाग,शैक्षिक बिभाग,रचनात्मक बिभाग,प्रचार प्रसार बिभाग प्रमुख भएर काम गरेका थिए ।

बिद्यार्थी पछि उनि ०५० सालमा तत्कालिन प्रजान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपाल को केन्द्रिय कमिटीमा रहेर काम गरेका थिए । ०५३ सालमा प्रायुसंघको महासचिव बनेका बिष्ट ०५७ साल देखि दुइ कार्यकाल त्यसको अध्यक्ष हुनु भएको थियो । हाल नेकपा एमालेको केन्द्रिय सदस्य रहेका बिष्ट पार्टीको बुद्धिजिवी परिषको इन्चार्ज रहेका थिए । बिष्टले पार्टीको स्थानिय बिभाग,बिद्यार्थी र युवा फाटको इन्चार्ज भएर काम गरेका छन् ।

०७१ सालमा उनि पुनः पार्टीको केन्द्रिय सचिव पदमा चयन भए । उनि नेपालमा चलेको देशको परिर्वतनका मुख्य आन्दोलनमा सहभागी अगुवाई समेत गरेका थिए । आन्दोलनमा सहभागी हुँदा उनि प्रहरीको धरपकड लगायत नियन्त्रणमा समेत परेका थिए ।
०५६ सालमा गुल्मी क्षेत्र नं.३ बाट सांसद भएका थिए । ०६४ सालमा सम्पन्न पहिलो संबिधान सभा निर्वाचनमा भने माओवादीसँग पराजित भएका थिए । बिष्ट ०६८ झलनाथ खनालको नेतृत्वमा भएको सरकारमा उर्जा मन्त्री बनेका थिए । आफनो क्षेत्रमा लोकप्रीय बिष्ट लोडसेडिङ्ग घटाएर चर्चित उर्जा मन्त्रीको रुपमा परिचित भएका थिए ।

सरल र मिजासिलो ब्यवहारका धनी बिष्ट ब्यवस्थापनमा स्नाकोत्तर र काुननमा स्नातक गरेका छन् । ०७० सालको दोस्रो संबिधान सभा निर्वाचनमा नेकपा एमाले गुल्मी क्षेत्र नं.३ बाट बिजयी भएका थिए ।

उर्जा मन्त्री हुँदा सबैतिर हाईहाई
मध्यम परिवारमा जन्मीएका बिष्टले ०६८ सालमा नेपाल सरकारको उर्जा मन्त्री भएपछि गरेका कामले देश र जनताको शिर उच्च भएको भन्दै उनको निकै प्रशंसा गर्ने गर्दछन् ।

समाजमा इमान्दार छवीको खोजी भई रहेको समयमा उर्जा मन्त्री बिष्को काम साच्चिकै प्रशांसयोग्य भए । उनले गरेका कामले सकरात्म सन्देश दिनुका साथै सर्बसाधरणको आसा जगायो ।

मन्त्री नियुत्त भएका दिन अपराधिक समुहको आक्रमणमा परि घाइते बनेका बिष्टले उर्जा मन्त्रालय समाले पछि अनगिन्ती जनहितकारी कामहरु गरे । मन्त्री बनेपछि भ्रष्टचारमा लिप्तहुने प्रबृतिलाई अन्त्य गदै उहाले दिनरात र बिरामी अबस्था पनि नभनि देस र जनताका पक्षमा निरन्तर काम गरेका थिए ।

मन्त्रीबाट बाहिरिएको १५ दिन सम्म सरकारी गाडी चढन पाउने अधिकार नै भए पनि उहाँले त्यसो गर्न चाहनु भएन आक्रमणबाट हातको एक औला संबेदनहीन भए पनि सुरक्षाकर्मी र गाडी नलिई उहा सिंहदरबाट गेट बाहिरबाट ट्क्यासी चढेर बाहिरिएका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D