gulminews logo
शनिबार, २०८१ बैशाख १५

को बन्ला एमाले गुल्मीको अध्यक्ष ? काउछा सर्बसम्मत अध्यक्ष बन्ने निश्चित भएकै हो ?

गुल्मी पुस, २२ । नेकपा एमाले गुल्मीको अधिबेशन नजिकिएसँगै नयाँ नेतृत्व चयनको चर्चा हुन थालेको छ । २३ पुसमा हुन लागेको एमाले गुल्मी ११ औं जिल्ला अधिबेशनमा नेतृत्व चयको चर्चासँगै तयारी पनि तिब्र गतिमा अगाडी बढेको छ ।

अधिबेशनमा बालसिंह काउछा सर्बसम्मत अध्यक्ष बन्ने निश्चित जस्तै बनेको छ । काउछा अधिबेशनमा जिल्ला अध्यक्षमा एकल उम्मेदवार बन्ने सम्भावना निश्चित जस्तै बनेको हो ।

काउछा एमाले गुल्मीका उपाध्यक्ष हुन् । उनको अध्यक्ष पदमा स्वत दाबी रहेको पनि रहेको छ । तर अहिले उनको प्रतिस्पर्धामा कुनै उम्मेदवारको पनि चर्चा पनि नभएपछि सर्बसम्मत अध्यक्ष बन्ने निश्चित जस्तै बनेको हो । अधिबेशनको मिति नजिकिएसँगै नयाँ नेतृत्व चयनका लागि नेताहरु बिच छलफल पनि हुन थालेका छन् ।

अधिबेशनका लागि कुनै पनि नेता उम्मेदवारी दिने घोषणा गरेका भने छैनन् । हालका अध्यक्ष रहेका मधुकृष्ण पन्थ अध्यक्ष पदमा दोहोरी मनसाए छैन । उनि छत्रकोट गाउँपालिका प्रमुख हुन् । पार्टीमा सिनियर नेतृत्व अधिकांशले अबसर पनि पाएका छन् । तर काउछा पार्टीबाट अहिलेसम्म कुनै अबसरमा पाएका छैनन् ।

हालका अध्यक्ष पदमा दाबेदार रहेका बालसिंह काउछा एमालेको गुल्मीको एउटा खम्बा हुन् । पार्टीमा बिभिन्न भूमिकामा रहेर काम गर्दै आएका काउछा संगठन निर्माणमा महत्वपूर्ण भुमिका रहेको छ । युवा संघको राजनितिबाट पार्टीमा काम गर्दै आएका काउछा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । बोलीले भन्दा कामले व्यवहारले केहि गरेर देखाउनु पर्छ भन्ने मानसिकता बोेकेका काउछालाई यसपटक सर्बसम्मत अध्यक्ष बनाउनु पर्छ भन्ने कार्यकर्ता तहबाटै चर्चा रहेको छ ।

जिल्ला अध्यक्ष बाहेक अन्य पदमा भने केहि आकांक्षीले रुची देखाएका छन् । ती पदहरुमा पनि सर्बसम्मत नेतृत्व चयन हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ । अहिले अबिधेशनको तयारीका लागि अन्तिम चरणका कामहरु तिब्र पारिएको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने अधिबेशनको तयारीका लागि ९ वटा उपसमिति बनाएर तयारीको कामलाई अन्तिम चरण पु¥याइएको छ ।

अधिबेशनमा जिल्लाभरबाट करिब ७ सय प्रतिनिधी सहभागि हुने भएका छन् । जसमध्ये भूगोलबाट ४सय ९८ जना बाँकी प्रतिनिधी आयोजक र भातृ संगठनबाट प्रतिनिधी बनेका हुन् । अधिबेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ जनाको जिल्ला कमिटी निर्वाचित हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ ।

जिल्ला कमिटीको संख्या मध्ये ३३ प्रतिशत महिला अनिवार्य निर्वाचित हुनेछन् । नेकपा एमाले गुल्मीमा १० हजार १८४ जना संगठीत सदस्य रहेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D