gulminews logo
शुक्रबार, २०८० चैत्र १६

कोरोना परीक्षण प्रयोगशाला पुन: संचालनमा

हुमाकान्त पोखरेल
तम्घास, २९ वैशाख (रासस)। संचालनमा आएको पाचँ महिनामै बन्द भएको गुल्मीको कोरोना परीक्षण प्रयोगशाला पुन: संचालनमा आएको छ । जिल्लाका पालिकाहरुको आर्थिक सहयोगमा बुधबारबाट प्रयोगशाला संचालनमा आएको हो ।

गत बर्षको असौज १ गतेबाट संचालनमा आएको प्रयोगशाला स्थानीय तहहरुले कबुल गरेको रकम नदिदा फागुन ८ गतेबाट बन्द भएको थियो । अहिले पालिकाहरुले कबुल गरेको र अन्य थप रकम समेत सहयोग गरेपछि बन्द भएको झण्डै अढाई महिनापछि परीक्षण प्रयोगशाला पुन: संचालनमा आएको जिल्ला समन्वय समिति प्रमुख एवम् तम्घास अस्पताल व्यवस्थापन समिति अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिनुभयो ।

अहिले प्रत्येक गाउँपालिकाले दुई/दुई लाख तथा नगरपालिकाले तीन/तीन लाख गरी कुल २६ लाख रकम संकलन भएपछि प्रयोगशाला संचालनमा आएको पराजुलीले जानकारी दिनुभयो । प्रयोगशाला तम्घास अस्पताल मातहत रहेर संचालन हुनेछ । पहिले प्रयोगशालामा काम गरेका केही कर्मचारीहरुले कोभिड भत्ता र केहीले तलब–भत्ता नै पाएका थिएनन् । अब केही दिनभित्रै भत्ता र तलब पाउने सहमती भएपछि प्रयोगशाला संचालनमा ल्याइएको हो ।

पहिलो दिन विभिन्न पालिकाहरुबाट एक सयओटा जति स्वाब आउने ल्याब टेक्नोलोजिष्ट के.पी. भण्डारीले जानकारी दिनुभयो । प्रयोगशालामा दैनिक तीन सयओटा स्वाब परीक्षण गर्न सकिने भण्डारीले बताउनुभयो ।
९८५७०४९३३३

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D