कोरोना परीक्षणमा खटिएका कर्मचारीले पारिश्रमिक तलब पाएनन्

हुमाकान्त पोख्रेल
गुल्मी, माघ ०५ । गुल्मी । कोरोना परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । प्रयोगशालामा कार्यरत टेक्नोलोजिस्ट २ जना, टेक्निसियन ३ जना, असिस्टेन्ट २ जना, कम्प्युटर अपरेटर १ जना, हेल्पर १ जना र १ जना कुकले पारिश्रमिक नपाएका हुन् ।

उनीहरूले ८ असोज २०७७ बाट कोभिड(१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गर्न थालेका थिए । २०७७ जेठ ३१ को जिल्ला विपद् व्यवस्थापन समिति बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेशन सेन्टर सञ्चालन गर्न प्रति नगरपालिकाले १५ लाख र प्रतिगाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । तर, केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार गुल्मी दरबार, सत्यवति र चन्द्रकोट गाउँपालिकाले रकम उपलब्ध गराएका छैनन् । अहिलेसम्म रेसुंगासहित इस्मा, मालिका, धुर्कोट, रुरु क्षेत्र र छत्रकोटले गाउँपालिकाले रकम दिएको रेसुङ्गा नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासिनीले जानकारी दिए । कालीगण्डकी गाउँपालिकाले ५ लाख दिएको छ । अझै ५ लाखका लागि प्रक्रियामा रहेको मरासिनीले बताए ।

उनका अनुसार मुसिकोट नगरपालिकाले १० लाख र मदाने गाउँपालिकाले १० लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएका छन् । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरेर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरिएको थियो । उपकरण र जनशक्ति व्यवस्थापनमा सुरुबाटै रकम अभाव भए पनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा समस्या भएको छ ।

आफूहरूले सक्ने रकमबाट प्रयोगशाला र आइसोलेसन व्यवस्थापन गरे पनि रकम दिन बाँकी रहेका स्थानीय तहले नदिएसम्म स्वास्थ्यकर्मीलाई पारिश्रमिक उपलब्ध गराउन नसकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीले नै पारिश्रमिक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिका प्रमुख र गुल्मी अस्पताल प्रमुखलगायतलाई ध्यानाकर्षण गराएको मेडिकल ल्याब टेक्नोलोजिस्ट मुना क्षेत्रीले जानकारी दिइन् ।

कोरोना संक्रमणका बेला जोखिम मोलेरै काम गरेका स्वास्थ्यकर्मी नै पारिश्रमिकविहीन बन्नु लापर्वाही भएको उनको आरोप छ । स्वास्थ्यकर्मीको टोलीले ५ पुस २०७७ मा जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । त्यसको सुनुवाइ नभएपछि जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत ध्यानाकर्षण गराएको ल्यबव टेक्निसियन दीपेन्द्र पन्थीले बताए ।

उनीहरूलाई गुल्मी अस्पतालले सार्वजनिक सूचना प्रकाशन गरेर भर्ना गरेको कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासका प्रमुख केपी भण्डारीले जानकारी दिए । स्थानीय तहहरूले रेसुङ्गा नगरपालिकाको खातामा रकम दिएपछि त्यसैबाट पारिश्रमिक उपलब्ध गराउने सहमति भएको उनले सुनाए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D