gulminews logo
शनिबार, २०८१ बैशाख ८

ब्रेकिङ्ग न्युज : गुल्मी ‘लक डाउन’

टोपलाल अर्याल
गुल्मी, १० चैत। जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यो निर्णय अगाडी स्थानीय तहसंगै सर्वदलीय सर्वपक्षीय परामर्श गरेका थिए ।

जिल्लामा प्रवेश गर्ने खाद्यान्य, तरकारी, फलफसल, दुध, पानी, इन्धन, औषधी बोक्ने मालबाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले अर्को सूचना नभएसम्मको लागि यो निर्णय कार्यान्वयन गर्न सम्पूर्णलाई जिल्ला सुरक्षा समितिले आग्रह गरे । मालबहाक गाडीको हकमा पनि चालक र सहयोगी मात्र हुनु पर्नेछ । उनीहरु पनि हेल्थ डेक्समा अनिबार्य चेकजाँच गर्ने र आवश्यक परे क्‍वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । औषधि र पेट्रोलपम्प २४ सैं घण्टा खुला रहनेछन् । इन्धन, दाल, चामल, तेल, नुन, दुध टडेरी, तरकारी तथा फलफुल पसल बाहेक सवै पसलहरुको बन्द गर्ने निर्णय बैठकले गरेको छ ।

बजार बन्द गराउँदै बाणिज्य संघविश्वभर कोरोना संक्रमणको त्रास बढेपछि त्यसको न्यूनिकरणको लागि गुल्मी उद्योग बाणिज्य संघले सदरमुकाममा सोमबार आफैले पसल बन्द गराउँदै हिडेको थियो । सवै वर्ग आफै सचेत नभएसम्म जोखिम कम गर्न नसकिने भएकाले संघलेनै बन्द गराउँदै हिडेको वाणिज्य संघका महासचिव तारा भुसालले बताए । उनले सदरमुकामसहित ठुला बजार रिडी, बलेटक्सार, वामी टक्सार लगायतका स्थानमा पनि व्यावसायीहरुले पसलहरु बन्द गराएको जानकारी दिए । जसका कारण नेपाल बन्दको भन्दा पनि बजार क्षेत्र सुनसान बन्दै गएका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D