मनोज कार्की
गुल्मी, चैत्र ९ । गुल्मीको सरमुकाम तम्घासबाट गाउँ फर्किने संख्या दिन प्रतिदिन बढ्न थालेको छ । बिश्वव्यापि रुपमा फैलिएको कोराना भाइरसको संक्रामण फैलिएको समाचार दिन प्रतिदिन आईरहदा स्थानिय त्रसित भएर सदरमुकाम देखि गाउँमा जाने मानिसको संख्या बढ्दो क्रममा देखिएका हो । शैक्षिक सस्था बन्द भएको र सार्वजनिक यातयातका साधनहरु बन्द गर्ने भन्ने खबर सुनेर मानिसहरु गाउँ फर्किएका हुन ।
देश बिदेशमा फैलिएको कोरोना भाइरसको कारणबाट ज्यान गुमाएका समचार सुनेपछी आफू पनि गाउँ फर्किन लागेको मालिका गाउँपालिका घमिरबाट तम्घासमा डेरामा बस्दै आएकि बिन्दु लम्सालले बताईन् । उनी मात्र होइन उनका साथी धुर्कोट ५ का मदन भण्डारी कोरोनाको त्रास भएपछी बजारमा सामान भाउ बढेसङ्गै सरकाले सार्बाजानिक यातायात तथा पठन पाठनमा पनि रोक लगाउने भनेपछि आफू पनि सदरमुकाम छोडी गाउँ जान बाध्य भएको बताए ।
कोरोना भाइरसका कारण उता रेसुङ्गा बहुमुखी क्याम्पसले सुचना प्रकाशित नहुन्जेल सम्मको लागि क्याम्पस विदा गरेको क्याम्पस प्रमुख हरि वहादुर खत्रीले जानकारी दिए । देश बिदेशमा मानिसका मृत्युका खबर सुनेपछि तम्घास बजारका मानिसहरु पनि जरुरी काम भन्दा अरु कामको बाहिर बजारमा निस्केको देखिदैन ।
कोरोना बाट बच्नको जिल्लाका स्थानिय तहहरुले बजारमा माक्स अभाब देखिएकाले माक्स उत्पादन , नागरिकमा सचेतना दिनुका साथै हेल्प डेक्स पनि सन्चालनमा लिएका छ्न । तम्घास बजार कोरोनाकै कारण वडा दशै भन्दा कम चहलपहल देखिएको छैन । गुल्मीमा कोरोना भाइरस भित्रीन नदिनको लागि जिल्ला प्रशासनको प्रवेशद्वारमा हात धुने साबुन पानीको ब्याबस्था जिल्ला प्रशासन कार्यालय गुल्मीले गरेको छ ।