कोभिड-१९ का कारण गुल्मीमा राती ८ बजेपछि देउसी भेलो खेल्न नपाइने

गुल्मी, कार्तिक १७ । गुल्मीमा राति ८ बजेपछि देउसी भेलो खेल्न निषेध गरिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय गुल्मीले एक बिज्ञप्ती जारी गर्दै राति ८ बजेपछि देउसी भेलो खेल्न निषेध गरिएको जनाएको हो ।

बिश्वभरी फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिमको अवस्था गुल्मी जिल्लामा पनि बिद्यमान रहेकाले जिल्ला कोभिड ब्यवस्थापन समितीको बैठकको निर्णय र जिल्ला सुरक्षा समितीको सिफारिसमा यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

कोभिड-१९ संक्रमणको जोखिमा नियन्त्रणमा नआईसकेको हुनाले घरधनीको स्विकृती लिएर मात्रै राती ८ बजेसम्म देउसीभैलो खेल्न पाइनेछ । यसरी देउसीभैलो खेल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्दै सिमित दिन सम्म मात्र खेल्न पाईने छ ।

यस्तै प्रशासनले जुवातास खेल्न/खेलाउन, लङ्गुर बुर्जा खेल्न/खेलाउन, पटका खरिद बिक्री गर्न तथा पड्काउन, आतिसबाजी गर्ने जस्ता कानुनले निषेध गरेका कार्यहरु पनि नगर्न जिल्लाबासीमा अनुरोध गरेको छ । यस्तो गरेको पाइएमा कानुन बमोजिम कारबाहि हुने पनि जनाईएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D