gulminews logo
बिहीबार, २०८१ बैशाख १३

कोभिडको महामारीमा तम्घासमा बजार अनुगमन

अनिल खत्री
२२ जेठ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी निषेधाज्ञामा हुने कालो बजारी, कृत्रिम अभाव, म्याद नाघेका र अखाद्य वस्तुको निगरानीको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइ घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरोकारवालाहरुको सक्रियतामा बजार अनुगमन गरिएको हो ।

तम्घास बजारका विभिन्न स्थानहरुमा रहेका करिव ५० वटा पसलहरुमा बजार अनुगमन गरियो । अनुगमनमा म्याद नाघेका र अखाद्य चाउचाउ, विस्कुट, चिजवल्स, मिटमसला, सूजी, आटा, विस्कुट, धुलो दुध, दन्तमञ्जन लगायतका करिव रु. १२ हजार मुल्य बरावरको खाद्य तथा अन्य सामग्रीहरु जफत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

अनुगमन गरिएका अधिकांस पसलहरुमा मुल्य सूची नराखेको, खरिद तथा विक्री विल प्रयोग नगरेको, मुल्य अभिवृद्धि करमा दर्ता तथा स्थायी लेखा नम्बर नलिएको, पसलको कारोबार गर्ने उदेश्य फरक परेको अनुगमन कर्ताले फेला पारेका थिए । उद्योग तथा स्थानीय तहहरुमा दर्ता नगरेको, मदिराको छुट्टै स्टल नराखेको र म्याद नाघेका खाद्यवस्तु तथा अन्य सामाग्रीहरु छुट्टाएर नराखेको पाईएकोले यी पक्षमा सुधारको लागी सुझाव दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

उपभोक्ता हित संरक्षण गर्न, कालोबजारी, कृत्रिम अभाव र जम्माखोरी हुन नदिन जिल्ला प्रशासन कार्यालयले प्रचलित कानुन बमोजिम जिल्लाभर अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गुल्मी सदरमुकाम तम्घासमा चाडपर्वमा मात्रै बजार अनुगमन हुने गरेको थियो ।

तर यसवर्ष भने कोरोना महामारीका बिचमा पनि बजार अनुगमन भएको छ । अनुगमनले बजारमा हुने कालो बजारी, कृत्रिम अभाव, म्याद नाघेका र अखाद्य वस्तुको बिक्रीमा रोक लगाउने उदेश्य प्रशासनको रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D