के छ सरकार र सीके राउत बिच भएको ११ बुँदे सहमतिमा? वामदेव र नारायणकाजीले जनाए आपत्ती

काठमाडौं, फागुन २४ । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

यस्तै गठबन्धनले स्वतन्त्र तराईको माग गर्दै किताब, पर्चा, पम्प्लेट, झण्डा, गीत जस्ता बस्तुहरु कुनै पनि प्रकाशन प्रशारण नगर्ने, त्यही किताब, पर्चा पम्प्लेटको विषयलाई लिएर गठबन्धनका कार्यकर्तालाई धरपकड गर्न नपाउने उल्लेख छ ।

उता सरकारले राउतसँग गरेको सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भने तीब्र विवाद देखिएको छ । नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएका हुन् ।

स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताद्वयले आपत्ति जनाएका हुन् ।

‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गर्छौं’ भन्ने भाषा प्रयोग गरि गरिएको सम्झौताप्रति दुई नेताले आपत्ति जनाएका हुन् ।

सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको १० बुँदे सम्झौतालाई बैठकमा पेश गरिएको थियो ।

सरकारले गरेको सम्झौतालाई पार्टीले स्वीकार्न नसक्ने गौतम र श्रेष्ठको भनाइ रहेको स्रोतले जनाएको छ । सम्झौता दुई देशको जस्तो गरी भएको र सीके राउतको प्रतिवद्धता कतै नदेखिएको भन्दै गौतम र श्रेष्ठले आपत्ति जनाएका हुन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D