केपी ओली प्रधानमन्त्री भएको खुशीमा गुल्मीमा दिपावली

अनिल खत्री
गुल्मी, फागुन ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औ प्रधानमन्त्रीको खुसियालीमा एमाले निकट २ वटा भातृसंगठनले गुल्मीमा दिपावली गरेका छन् । बिहिवार साँझ युवासंघ नेपाल र अनेरास्वबियु गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा ओलीले प्रधानमन्त्रीको सपथग्रहण भएको खुसियालीमा दिपावली गरेका हुँन् ।deepawali in gulmi

दुई संगठनले तम्घासको लाकुरी मञ्चमा भेलाका कार्यकर्ताहरुले ओली प्रधानमन्त्री भएको खुसियाल र वामपन्थी स्थीर सरकार बनेको उपलक्ष्यमा दिपावली गरिएको अनेरास्वबियु केन्द्रिय निर्वाचन आयोगका सदस्य काशिराम पाण्डेयले जानकारी दिए ।

देश र जनताको अहिलेको आबश्यकता स्थीर बामपन्थीको सरकार खोजेकाले अब त्यो सपना पुरा भएको पाण्डेयले बताए । मुलक राजनितिक स्थीरता भएकाले अब आर्थिक समृद्धि तर्फ लाग्ने बेला आएकोले बामपन्थी सरकारकोले देसमा परिर्वतनको महसुस हुँने गरि अगाडी बढनु पर्ने युवासंघ नेपाल गुल्मीका जिल्ला अध्यक्ष मोहनप्रसाद पाण्डेयले जोड दिए । दुई संगठनले मैन बत्ती बालेर दिपावली गरेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ