gulminews logo
मंगलवार, २०८० चैत्र ६

केपी ओलीको प्रतिगामी र लोकतन्त्र विरोधी कदम परास्त भयो: नेता सुदर्शन बराल

हुमाकान्त पोखरेल
गुल्मी, भदौ २२ । एमाले अध्यक्ष केपी ओलीको प्रतिगामी कदम र लोकतन्त्र विरोधी कदमा अब परास्त भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका कार्यालय सचिव एवं गुल्मी निर्वाचन १ ‘क’ का सासंद सुदर्शन बरालले बताएका छन् ।

मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा प्रेस संगठनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले नेपालमा पुन बामपन्थी एकताको आवश्यकता भएको पनि बताएका छन् । सबै बामपन्थी मिलेर मात्र देश विकास सम्भव रहेको उल्लेख गरे । तर बामपन्थी र कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम गर्ने केही तत्वहरुले गर्दा समस्या उत्पन्न भएको उनको भनाई छ ।

एमाले अध्यक्ष ओलीसँग आफुहरुको कुनै पनि व्यक्तिगत दुष्मनी नरहेको तर लोकतन्त्र र संविधान नै ध्वस्त बनाउन खोज्नेका विरुद्धमा गठबन्धन गरिएको बताए । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री समेत रहेका बरालले लुम्बिनी प्रदेशले सबै जिल्लामा प्रदेश सरकारको अनुभुती हुनेगरी जनमुखी कार्यक्रम ल्याइएको बताए । उनले गुल्मीको विकासलाई सन्तुलित ढंगले अगाडी बढाउन मंगलबार बिहान जिल्लाका सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए ।

पत्रकार भेटघाट कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीका संयोजक विर बहादुर कार्की, लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसी, लिला बराल, क्षेत्र नम्बर १ ‘ख’ का इन्चार्ज अशोक थापा, सासंद एवम् रेसुङ्गा नगरपालिका इन्चार्ज गिता थापा, पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल लगायतको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रम प्रेस संगठन नेपाल गुल्मीका इन्चार्ज प्रेम सुनारको अध्यक्षता एवम् सदस्य हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D