gulminews logo
शनिबार, २०८१ बैशाख १५

कुलचन्द्र गौतमले पुस्तक बेचेर आशालाई सहयोग गर्ने

टोपलाल अर्याल
गुल्मी, १६ फागुन। संयुक्त राष्ट्रसंघका पुर्व सहायक महासचिव कुलचन्द्र गौतमले पुस्तक बेचेर आशा अपाङ्ग केन्द्रलाई सहयोग गर्ने भएका छन् । जन्मघर इस्मा गाउँपालिका ६ अम्मरपुरमा निशुल्क स्वास्थ्य शिविर लिएर आएका गौतमले बिहिबार आशा अपाङ्ग केन्द्रको अवलोकन गरेका थिए ।

अबलोकनपछि गौतमले अपाङ्गहरुको क्षेत्रमा काम गर्ने बिषय निकै चुनौतिपूर्ण भएकाले संस्थाले अहिलेसम्म गरेका कामको प्रसंसा गरे । साथै आशा अपाङ्ग केन्द्रको कामबाट प्रभावित बनेका गौतमले आफुले लेखेको ‘ग्लोवल सिटिजन फर्म गुल्मी’ नामको पुस्तक बिक्रीबाट प्राप्त हुने रकम सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालदेखि संयुक्त राष्ट्रसंघसम्मको यात्राका जीवन भोगाई समेटेर पुस्तक लेखेका छन् ।

अंग्रेजीमा लेखिएको यो पुस्तक सन् २०१८ मा प्रकाशन गरिएको गौतमले बताए । अहिले नेपालीमा अनुवाद गर्ने काम अन्तिम अवस्थामा रहेकोले अरु सवै प्रक्रिया पुरा गरेर सके आउने जुलाई वा सेप्टेम्बरसम्म प्रकाशन गर्ने उनले बताए । ‘आशा अपाङ्ग केन्द्रप्रति परिचित थिएँ, तर संस्थामै आउन पाएको थिइन,’उनले भने,‘ अहिले भेट्न पाएँ खुसी छु, आउने दिनमा अन्य सद्भाव र सहयोग रहनेछ ।’

आशा अपाङ्ग केन्द्रका अध्यक्ष जर्नादन घिमिरे र व्यावस्थापक गंगा रायमाझीले अहिलेसम्म संस्थाले गरेका काम र अवस्थाको बारेमा जानकारी गराएका थिए । ०६३ सालमा स्थापना गरेको आशा अपाङ्ग केन्द्रले अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच र परामर्श, शिक्षा र व्यावसायीक तालिम प्रदान गरि पुर्नस्थापना गर्ने कार्य गर्दै आएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D